आउन त आयौ नयाँ बर्ष
फेरी यो मन रम्दैन की
अब त बारीका काल्नाहरूमा
रगतका टाटाहरु जम्दैन की
नाङ्गो तरवार खेलाउने कान्छोले
आफ्नै दाजु भन्दैन की
दिदी, बैनी र अबला चेलीहरुको
सिउदोको सिन्दुर गन्दैन की ?
त्सैले भन्न मन लाग्छ तिमीलाई
सकाइदेउ दशकौको छाति चिर्ने खेल अब
हटाइदेउ शिर माथिको कालो बादल अब
प्रभातको सुनौलो किरणसंगै
बर्षाइदेउ शान्ति र सु-शासनका
अदभुत तरंगहरु
२०६७ ईतिहासको
स्वर्णिम र अविष्मरणिय
देशको रङ्ग भनेर ।
यो सरल कविताको कामना संगै समस्त ब्लगरहरु लगायत देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना !! .गत बर्षले छोडेर गएका अधुरा, अपुरा र अशुभ कामहरुलाई यो बर्षले पुरा गर्दै नयाँ सोचमा शिखर चुम्न सफलता मिलोस।
******************************************