
हो त्यो दिन नै आज अतित बनेर बल्झिरहेको छ। सायद् कोर्नु पर्ने र सम्झनु त नपर्ने हो तर बेलाको बोलि भने झै चाडको बेला तैपनि बेदेशमा यादत आइहाल्ने रहेछ र मनमा गुम्साएर राखेको कुरालाइ बाहिर निकालेमा मन् हलुका हुन्छ भन्छन त्यसैले मन् हलुकाको लागि बिगतको सम्झना सहित २-४ शब्द दिपावलि संङै। अर्थहिन अक्षरहरु यहाँ असरल्ल छरेर तिम्रो नजर् भरि पारेर केहि काम् भएन।यि फगत् निर्धा अक्षर हरु तिम्रो लागि आँसु या हाँसो जे बनेपनि लेखिहाले दुख नमान्नु म त लालिगुराँस फुलेको हेर्न चाहान्थे हिमाल हाँसेको जस्तो हास्न चाहन्थे तर कालि नदि बिरहि बनेको मात्र देख्छु । हो मलाइ थाहा छ तिमिले भने झै बलिष्ठ पाखुरि देशका खम्बा हुन। तर के गर्नु र मलाइ पनि थियो नि जस् जसको रगत् कालिमा बगेको छ तो रगत् कालिको बाध बाध्न प्रयोग भएको भए हाम्रा दिन हरु कति रमाइला हुन्थे र बारिका पाटाहरु कति उर्बर् हुन्थे होला टुकिको कालो धुवा खाएर लेख्ने चिठि तिमिले पनि बिजुलिको ताजा प्रकासमा लेख्ने थियौ होला अनि तिनै बलिष्ठ पाखुरि हुम्ला,जुम्लामा र आफ्नै गाँउमा सडक पुरयाउन पहरा फोर्नमा प्रयोग गर्न सकेको भए आज यो बर्षदिनको रमाइलो चाँडमा तिम्रो न्यानो हातको सप्तरङि टिकाले मेरो सानो निधारमा बास पाउथ्योहोला। तर बिडम्बना लाखौ पौरखि हातहरु यसरि नै बिलौना गर्दै बिलाइरहेका छन् र विजय खोजिरहेकाछन् खरानिमा। तर आसागरौ कुनै दिन तो चौबाटो,त्रीबेणि, दोभान या गोरेटो कुनै ले त फेरि हाम्रो बाटोलाई मिलाउने छ त्यै दिपाबलिको भैलो र देउसिको सुमधुर संगितमा सप्तरङि टिका र र मखमलिको मालाको साथमा।
हो तिमिले भने झै धैरै चोटिको उपहार एकैचोटि दिएजस्तै भयो । तिमिलाई दिन भनि संगालेका हाँसो र खुसिका पोकाहरु क्षितिजमै बिलिन हुनपुगे ।त्यै दिपावलिको यादलाइ स्मरण गर्दै तिम्रो आशिर्बाद् अनि सयपत्री र मखमलिको मालासंगै आँगनभरि साथि संगि हरु देउसि भैलोमा नाचिरहेको गुन्जायमन ध्वनिलाई एनाले जस्तै प्रतिबिम्बित गर्न पाएपनि हुन्थ्यो भन्ने कल्पनालाई कल्पेर बस्न बाध्य भएको छु।हो चरिले जस्तै प्वाख हालेर उडन पाए त एक् दिनको लागि भए पनि आउथे होला तर बिडम्बना बिबशताले चर्किएको यो गरिबिको घाउलाई रियलको मलमले सेक्दासेक्दै,थाह छैन कति दिपावलिमा तिम्रा हातहरुले मेरो निधार स्पर्स गर्न नसक्ने हुन। अपरिभाषित जिन्दगिको यो मोडमा खाडिमा बगिरहेको मुल्यहिन पसिना माथि दिपावलिको रंगिलो टिकारुपि रुमालले पसिना पुस्ने रहर पनि रहरमै सिमित हुदैछ। आँगनमा गुन्जिरहेको देउसि,बरन्डामा खेलिरहेका तास,घरभरि चम्किरहेको दिपावलिको झीलिमिलि,तिमिले बनाएको मिठो परिकार र संसारनै जित्नु भनि भोकै बसि निधारमा बसालिदिएको टिका अतित बनेर घुमिरहेको छ आँखा आगाडि तर निराशा बिच आसाको दियो जगाउदै एकदिन त पक्कै पनि तिम्रो सप्तरंगि टिका र मखमलिको मालालाई गलामा सजाउने ठुलो रहर लिएर त्यै तिमिले गतसालको तिहारमा दिएको उपहाररुपि डायरिलाई तिम्रो निधार बनाएर यहि कलमरुपि टिकाले तिमिलाई भेटने प्रयास गर्दै रंगाएका यि अनार्थिक् शब्दहरु बिधुतिय तरंगमा समाबेश भै तिमिलाइ पुगेहोलान भन्दै बिदा चाहन्छु,केबल त्यै तिहार,त्यै टिका,त्यै परिकार,त्यै अनुभुति र त्यै सम्झनामा ...............................