15 October 2020

कविता (अपेक्षित प्रेम)

. 15 October 2020

        म बाको प्रेम सम्झिन्छु
म आमाको प्रेम सम्झिन्छु
म दिदिको प्रेम सम्झिन्छु
अनि तिम्रो प्रेम पनि सम्झिन्छु
र भन्न मन लाग्छ यतिकुरा।

पिठ्युँमा गह्रौ भारी बोकेर
उकालो बाटोमा सास फुल्दा
बदन भिजी भुइँमा  तप्प तप्प
तप्कीएका पसीनाहरुमा गन्ध होइन
सुगन्ध देख्ने प्रेम खोजेको छु।

टारी खेतमा ठूलो कोदालो बजार्दै
साथी सङ्गी त त र मम गर्दै
हली दाइको अनौमा दस औला बनाई
दिदिले  लोटामा ल्याएको
बासि मोहि र पटुकिमा बाधीएको
मकैको स्वाद पछ्याउँदै
मानो छरेर मुरी भित्र्याउन
तिमी र म हिलोमा बुर्कुसी मार्दै
ओठमा मुस्कान छरेर
मेरो डार्लिङ भन्ने प्रेम खोजेको छु।

बातको रोगले शिथिल बन्दै
हात खुट्टाको चलायमान शक्ति क्षिण भइ
घर र आँगनको दुरि माइल देख्ने
बा आमाको अध्यारो मुहारमा
आशाको दीप प्रज्वलन गर्दै
खण्डहर बनेका फुस्रा र चाउरी देहमा
लपेटीएका धोती र लुङ्गिका फुर्काहरुमा
जीवन दर्शनको मार्ग  देख्ने प्रेम खोजेको छु।

त्यसैले

मलाई यस्तो प्रेमको आभास दिलाउ प्रिय।

1 प्रतिक्रिया:

Unknown said...

Need Free Nepali Fonts ? Here you can Download free nepali fonts collection

Post a Comment