परिताप मै सम्झौता गरियो कसरी
नमानेको मनलाई हरियो कसरी
प्रेमको मुलबाटो खोजेर हिडदैथे
फेशनको बजारमा झरीयो कसरी
किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी
पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी
कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?