२०६८ असोज
आँखा
तिनै मन त्यहि
तर
दृष्य फरक
नानिमा
टल्किने छायाहरु फरक
आसा
र बिस्वासको दियो निभ्ने हो कि
भन्ने
डरले कापिँरहेको मुटु लाई
पुस
माघको सिरेटोले झन कमाउदै
दिवा
स्वप्न झै न्यानो घामको आसमा
रत्तिएका
कल्पनाहरु बाटो कुर्दैछन !
थाह
छैन मुलबाटो कहाँ छ
दोबाटो
र गोरेटोको संगम कसरी हुदैछ
तर
यि चालहरु सक्रिय छन
खुसि
र उमंग पाउने आशमा !!
कल्पनाका
फलहरु
यथार्तका
काँडा हुन कि
बोक्न
नसक्ने ईच्छा र
भुल्न
नसक्ने यादहरु
मष्तिष्को
उत्कर्ष मात्रै हो कि
स्नेह
र निर्दोषको सोझो खेलमा
आशक्ति
र स्वार्थको जित हो कि !!!
बिक्षिप्त
छातिका रंगिन सपना
दोबाटोका
पत्थर बन्दा
लक्षभित्रका
स्वर्णिम चाहानामा
कलिलो
ह्रदयमा अंकुरित भावनामा
बज्रपातको
तुसारो पर्दा
आफै
गलेछु,च्यातिएर टुक्रा-टुक्रा भएछु!!!!
समाधान
खोज्दै पाइला सार्दा
हुरि
बतासको बेग संगै
क्षितिज
नियाल्दै उडिरहे,
यै
एउटा जीवन जिउने बहानामा
यै
एउटा जीवन जिउने बहानामा !!!!!
****************************************************
1 प्रतिक्रिया:
हाम्रो जीवन यसरीनै चलिरहनेछ । मीठो कबिता ।
Post a Comment