निरास छु क्षितिजपारि टिका थाप्न आइन दिदी
सयपत्री मखमली गलामा राख्न पाइन दिदी
खुम्चिएर विवशतामा सम्झेँ अतित फेरी आज
सप्तरंगी टिका लिई तिम्लाई भेटन धाइन दिदी
उजाड यो बस्तीबाट नियाल्दै छु तिम्रो तस्विर
पोरको झैँ देउसी भैलो कसै सँग गाइन दिदी
विश्वासमा बचिराछु अर्को साल आउछु की त
तिम्रो आस्था बाचेकै छ जुवा तासमा लाइन दिदी
उमङ्ग र हासो संगै बितोस तिम्रो दीपावली
झुटो भयो बाचा मेरो तिम्रो मनमा छाइन दिदी
यो सरल गजल संगै नजिकै आइरहेको शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शुभ दीपावली !!!!!
प्रधानमन्त्री बालेन नबोल्नुको रहस्य
3 days ago

3 प्रतिक्रिया:
तिहार जनिकीदैँ जाँदा साह्रै मन छुने गजल लेख्नु भएछ । गजलका संरचनाका बारेमा आफैँ जानकार नरहेकोले केही बोल्दीन तर भावको लागि भने मेरो १०० !!!
सुर्य जी दिपावलीको हार्दिक मंगलमय शुभ कामना !
मिठो गजल , परदेशी सबैको व्यथा पोख्न सफल हुनु भएको छ ! राम्रो लाग्यो ! धन्यबाद !!
भाई गजल सारै राम्रो छ के गर्ने भाई परदेश को जिन्दगि
येस्तै हो सम्झना गर्दै बस्नु पर्छ खोइ भाई आर्को साल आउछु दिदि भने पनि के हुन्छ कुन्नि समय ले साथ दिन्छ कि नै भगवान ले आर्को साल आबस्ये नै टिका मा घर पुर्यौनी छन्
येही आस मा नै बस्नु पर्यो भाई
छबिलाल न्यापाने
अर्बेनी गुल्मी
साउदी अरेवीया
Post a Comment