04 May 2010

गजल

. 04 May 2010
13 प्रतिक्रिया

मात्रै  गोला बारुदको गाँउ  देखे
खाटोलाई बल्झाएको घाऊ देखे

खोसेर हजारौ आमाका कोख
निचोरी भ्रुण  खाने माउ देखे

आस्थाको दियोमा वाचा बाँधी
हुरी डाकी उड़ाउने दाउ देखे

अतृप्त बन्दै सत्ताको ढुकुटीमा
नुनमाथि  सुनको  भाउ देखे

काटीए शाशकका गोडा भन्थे
निमुखाकै छाति माथि पाउ देखे
बाँकी यता >>

13 April 2010

नयाँ बर्ष, पुरानै कामना

. 13 April 2010
9 प्रतिक्रिया

आउन त आयौ नयाँ बर्ष
फेरी यो मन रम्दैन की

अब त बारीका काल्नाहरूमा
रगतका टाटाहरु जम्दैन की

नाङ्गो तरवार खेलाउने कान्छोले
आफ्नै दाजु भन्दैन की

दिदी, बैनी र अबला चेलीहरुको
सिउदोको सिन्दुर गन्दैन की ?

त्सैले भन्न मन लाग्छ तिमीलाई

सकाइदेउ दशकौको छाति चिर्ने खेल अब
हटाइदेउ शिर माथिको कालो बादल अब

प्रभातको सुनौलो किरणसंगै
बर्षाइदेउ शान्ति र सु-शासनका
अदभुत तरंगहरु
२०६७ ईतिहासको
स्वर्णिम र अविष्मरणिय
देशको रङ्ग भनेर ।
यो सरल कविताको कामना संगै समस्त ब्लगरहरु लगायत  देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना !! .गत बर्षले छोडेर गएका अधुरा, अपुरा र अशुभ कामहरुलाई यो बर्षले पुरा गर्दै नयाँ सोचमा शिखर चुम्न सफलता मिलोस।

******************************************
बाँकी यता >>

31 March 2010

कान्छी साली

. 31 March 2010
9 प्रतिक्रिया

मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। तपाईहरु संगको बिछोडको यो दुई महिना मलाई दुई बर्ष जस्तै लाग्यो। यो अन्तरालमा ब्लगका रमाइला, ज्ञानबोधक र स्तरीय पाठ हरुबाट टाढा रहनु परेकोमा खेद प्रकट गर्दै पु:न सुचारु हुने प्रतिबद्धता सहित हाजिर छु। मलाई माया गर्दै गोरेटोमा सुझाव बर्षाउने महान मित्रहरुले पहिले जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु । यो खाली समयमा मैले अनुभव गरेको कुरा जति ब्लग या अरु कुनै पनि विधा बाट टाढीदै गयो त्यति नै दिमाग निस्क्रिय हुने रहेछ। यो शुन्य मष्तिस्कले केहि सिर्जना गर्न नसकेको बेला पुरानो कपिमा थन्किएको तर ब्लगमा नयाँ लाग्ने यो ठट्यौली गजल ठेलेर अपडेट गर्ने बहाना बनाउदै छु । त्सैले लागे शिर्षकको बोलितिर।

धेरै किने क्रिम पाउडर ल्याउनु ल्याए लाली
 जे लाए नि तिम्रो मुहार देख्छु तेस्तै काली

तलबले भ्याउने हैन मासिक बजेट पेश गर्न
पेश्की लिई कति रोज्नु तिम्लाई नयाँ सारी

हिड्नु पर्ने सुटबुटमा बाँध्नुपर्ने टाई पनि
फ्रेन्च कट चाहियो रे उखेलेर बोके दाह्री

भैगो सजाउ तिम्रो सन्सार एक्लै भै अबदेखि
जान्छु फेरी ससुराली आउछे की कान्छी साली


प्रस्तुत गजल अप्रिल फुल मा आधारित भएको जानकारी गराउछु ।




बाँकी यता >>

12 January 2010

गजल

. 12 January 2010
17 प्रतिक्रिया

परिताप मै सम्झौता गरियो कसरी
 नमानेको मनलाई हरियो कसरी

प्रेमको मुलबाटो खोजेर हिडदैथे
 फेशनको बजारमा झरीयो कसरी

किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी

पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी

कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?
बाँकी यता >>

29 December 2009

छुट्नु र जुट्नु

. 29 December 2009
11 प्रतिक्रिया

परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु त छुटनुको मार्माहत स्थितिलाई निम्ताइदियो । मिलनमा सूर्योदयको बिहानी जस्तै लाग्ने र बिछोडमा सूर्यास्तको मलिनो किरण जस्तै लाग्ने जिन्दगीको रितलाई आत्मसाथ गरेर हिड्नु नै मानव जीवनको पहिलो धर्म रहेछ वा भनौ जुट्दा कल्पनाको सन्सार त्यागेर यथार्तमा रमाउनुको मजा अर्कै हुने भने छुटदा कल्पनामा तैरिएका दिर्घकालीन योजनाहरुले बाटो बिराउने हुन् की भन्ने डर । मानव चरित्रका यस्तै जीवन चरित मार्गबाट गुज्रिरहेका यावत परिस्थितिहरुलाई मनको चित्रपटमा उतार्दै रजतपट बनाएर प्रस्तुत गर्दा पाइने अनुभूतिहरूको संगालो जस्तै देखीने रहेछ जीवनको गोरेको मातृभूमी र जन्मथलोमा रमाउन पाउदा । धर्ति भित्रको द्वारमा प्रबेश गर्दा लाग्छ जीवनमा चाहेजति खुसी र हाँसो मिल्यो । बाहिरी मुलुक जतिसुकै सुबिधा सम्पन्न भएपनि असहज लाग्ने मनको बाँधलाई राम्ररी थुन्न उही बुद्धको काख र सगरामाथाको साथ नै चाहिने । सुन्दरताको बर्णन गर्न शेसनागका जिब्रोले नभ्याउने देशका नागरिक हामीलाई अरुको कृतिम सुन्दरताको दृश्यले किन मोहित पार्थ्यो र ?

जति नै अन्तराष्ट्रिय नाम चलेका खाध्य बेच्ने होटल हरु किन नहुन, गगनचुम्बी महल किन नहुन, सफा सुन्दर बातावरणमा गुडीरहेका सफा र चिल्ला कारहरु किन नहुन आफूलाई त्यै मोफसलको गुन्द्रुक, ढेडो, मकै, भटमास खेतमा टक्क बसेको खरको झुपडीमा ओछ्याइएका राडीपाखी र गुन्द्री काम्लो नै प्यारो लाग्ने । सामाजिक सत्कारमा बेरिएको सस्कारले दर्शाएको पारिवारिक शब्दावली नै प्यारो लाग्ने । लाग्छ अब मातृभूमीलाई छोडेर काही जादिन।

मनमा सधै सदाशयता बोकेको समाजमा उदभाव जगाएर बस्नुको मजा छोडेर बैभवको आशा बोकेर मनलाई शब्दसन्धीमा कैद गराई छुटनुको पीडाबोध दयनीय नै हुन्छ । मातृभूमिको माया र पारिवारिक खुसीको दिनचर्यामा आफ्नो कोमल भावना लाई राखेर खुसी भविष्यको सांगलोमा बाँधी कठोर बनेर बिछोडिनु पर्ने विदारक स्थितिले कसको मनमा आन्दोलनको राँको नसल्केला र ? रहर संगै लड्दा लड्दै समयको बाध्यताले कुठाराघात गरेपछी कायरै बनेर भएपनि जन्भूमि छोड्नु पर्ने । जँहा जन्म लिएर आँगनमा बामे सर्न थालियो, तोतेबोली बोल्न सिकियो त्यही आँगनलाई नयनका अश्रु धाराले भिजाउदै निरिह र एक्लो महशुस गर्दै मुटुको एक ढिक्का अनन्तकालसम्मको जीवन साहारालाई आँशु उपहार छोडी बाटो लाग्नु पर्ने कस्तो जीवन यो ? जति अतितले बाटो टाढा पार्दै जान्छ त्यति नै स्मृतिको साँझले पीडाको छहारीमा बास गर्न थाल्छ ।

फेरी मनमनै कल्पना गर्छु समयले बगेका परिताप अनि मुस्कानमय क्षणले फाटेका मनहरुलाई टालटुल गरी सिउनको लागी सबैको मनमा हर्षोल्लासका साथ तम्सिएर नयाँ बर्ष पनि नजिकै आइरहेको छ । एक्लोपनाको आस्था, भरोसामा बिस्वासको दियोले उजेलो पार्ने प्रयास स्वरूप मिलन बिछोड बिचको स्नेह र पारिला कथाहरुमा विपक्ष बनेर आइलाग्ने "बिछोड' लाई नयाँ बर्षले निमिटयान्न पार्न सहयोग गर्दै, मिलनको गाथा बोकेर खिसिक्क दांत देखाउदै झुल्कियोस नयाँ बिहानी अनन्तसम्म नयाँ बनेर । आशा गरौ २००९ ले छुटाएर २०१० लाई जुटाउदा बाँकी बिस्मृतिका क्षणहरुले पार पाउन । विश्वभरी जरो गाडेर बसेको अफवाह, अतिरंजन र उदबेगहरुलाई सिंनित पार्दै गनिमत व्यवहारमा कोविद व्यक्तित्वका बिनयीहरुको बिगबिगी बढोस ।

साथै
नयाँ बर्ष २०१० को सम्पूर्ण ब्लगर मित्रहरु,पाठकवर्ग र समस्त नेपालीहरुमा मंगलमय शुभकामना !!
बाँकी यता >>

11 December 2009

गजल

. 11 December 2009
17 प्रतिक्रिया

बिर्से माया गालि दिए है प्रिय
 बाटो पर्दा पाली दिए है प्रिय

सारेको छु गुलाब तिम्रै लागि
फर्केर पानी हाली दिए है प्रिय

मृत्युशैयामा सुत्न पुगेछु भने
आफैले आगो बालि दिए है प्रिय

चकमन्न रातमा ब्युझाउन आए
सपना सबै टालि दिए है प्रिय

समाजलाई शोक परेको बेला
तिम्ले नि तालि दिए है प्रिय
बाँकी यता >>

21 September 2009

शुभकामना

. 21 September 2009
10 प्रतिक्रिया


बाँकी यता >>

14 September 2009

गजल

. 14 September 2009
11 प्रतिक्रिया

गजलको आँगनबाट टाढीएको पनि धेरै भैसकेछ । एक दुई शेर सम्म त मुस्किलले जुराइन्छ त्यसपछी अडकिन्छ बिचैमा । करिब ५-६ महिना पहिले यो गजलको पूरा रुप (लामो रुपमा) नेपाल प्लसमा पनि प्रकासित भैसकेको छ । आज ब्लगलाई निरन्तरता दिन भनी काटकुट पारेर राखेको छु अलि काँचकाचै जस्तो छ ।


 चोट लिएर पनि बाहीर हाँसियो
 साथै नपाएपनी जीवन बाँचियो

स्वार्थ रोज्नेले आँगन नकुल्चेपनि
रोदनका पीडा मुस्कानमै राखियो

    
वाचा कसमको अतित मेटेर सबै
    भूल यौवनको भनी देउता भाकीयो
         
भेटाउने गोरेटो छुटाउने दोबाटो
सम्झेर मनको बाँध अन्तै सारीयो



बाँकी यता >>

26 August 2009

सिकारु बर्षदिनमा... गोरेटो र ब्लगरहरु...

. 26 August 2009
26 प्रतिक्रिया

हिजो जस्तै लाग्छ बिधुतिय तरंगमा तरंगीदै ब्लगीङ यात्रा शुरु गरी गुगुलको बृहत संसारभित्रको कुनै कणमा प्रवेश गरेको तर चलिरहेको घण्टाघरको घण्टीले बर्षदिनको संकेत गरिसकेछ । बशबिहिन समयको गतिलाई पछयाउदै सिकारु बनि हिडीरहेको यो गोरेटो सँग गाँसिएका बार्षिक साइनोहरु कस्ता रहे ? सिकारु जन्माउन अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने जो कोहिलाई पनि बिर्सन सक्दिन आजको दिनमा ।
जन्म
बिज्ञानको चमत्कारमा होस वा भगवानकै लिलामा सबै कुराहरुमा बाँधक या साधक बनेर कुनै न कुनै रुपमा त्यही मायारुपी किराले आक्रमण गरेको कुरालाई नकार्न सकिदैन । चर्चित तानासाह देखि साधुसन्त सम्म, भगवानदेखि राक्षस सम्म,अनाडी देखि चतुर सम्म सबैको जीवनलाई कुनै न कुनै रुपले यो मायारुपी लहरोले बेरेकै छ । मेरो जीवनमा पनि तेस्तै भयो जसले सिकाइन माया गर्न, मिलनमा रमाउन अनि पीडा भुल्न उनैले फेरी तिनै कुरालाई उल्ट्याइदिइन । मायामा मेरो अबुझपन र कच्चापनलाई औल्याउदै नामलाई पुच्चर भिराएर जसले छोडिन त्यही बेचैनीलाई पछयाउदै गोरेटो जन्माए मैले पनि । प्रेमका इतिहासका (मिलन वा बिछोडमा) पानाहरुमा जस्तो मोनालिसा, ताजमहल या रानीमहल जस्ता महान कार्यहरु गरेर त्यो क्षणलाई अमर राख्न नसकेपनि सानो गोरेटो बनाएर हिडने दुस्साहास गर्न अभिप्रेरित गर्‍यो अतितले मलाई अनि न्वारन भयो सिकारुको फगत अन्त्यहिन प्रेमको नामलाई स्वीकारी बर्तमान सँग रमाउन । नाम सँगको फूर्कोले आधा दशक पुरा गरेपनि ब्लगमा औपचारिक रुपमा भर्खर एक बर्षको बालक भाएछ सिकारु ।
उत्प्रेरणा र मार्गदर्शन
एक हिसाबले सोच्दा मैले ठिकै पनि गरे जस्तो लाग्छ । सानो समयको अन्तरालभित्र यतिका साथी-संगीहरुको माझमा रमाउने अनि सिकारु बनेरै धेरै कुरा सिक्ने अवसर मिल्यो मलाई । जाबो एउटा बिछोडको लागी यति गर्नुपर्ने त के नै थियो र ? यो त जीवनको प्रकृया नै हो भन्थे शुरु शुरुमा त तर आज समयको घडी संगै बहकीदा लाग्छ मलाई सिकारु बनाएर जानेले अर्को मन भुलाउने अनि बेदना पोख्ने र कहिलेकाही रमाउने अवसर पनि दिलाएर गइन । त्यही कच्चापन र अबुझपनको भागदौडमा जन्मीएको गोरेटोले आज बषदिनको यात्रा पुरा गरेको छ ।
शुरुका दिनहरुमा निरन्तरता दिने कुराले अल्मल्यायो पनि । एक हप्ते खजाना लिएर उपस्थित हुने वाचाले अहिले कहीलेकाही दुई हप्ता पनि पुग्ने गरेको छ तर जे होस बेलामौकामा अर्धबिराम लागेपनि पूर्णबिराम भने लगाईसकेको छैन यो गोरेटोलाई । साहित्यिक र उच्च हस्तीहरुका बिचमा म कसरी उँभिन सकुला र जस्तो पनि लागेको हो । नगन्य रुपमा प्रकासित हुने मेरा झारेझुरे रचनाले के म यो गोरेटोमा टिक्न सकुला र जस्तो पनि नलागेको होइन तर जे होस मित्रहरुको हौसला, सुझाव, सल्लाह र प्रोत्साहनले आजसम्म हातेमालो गर्ने अवसर मिल्यो मलाई । त्सैले तपाईहरुको मार्गदर्शन नै मेरो अतित भुलेर बर्तमान खोतल्ने करौति भएको छ ।
यही ब्लगको शुरुवात संगै तपाइहरुले बर्षाएका कोशेलीहरु र पोका-पन्तेराहरुको त जति तारिफ गरेपनि कमै हुन्छ । तैपनि बर्षदिनको यो घडीमा एकपटक फेरी घुम्न मन लाग्यो बार्षिक सेरोफेरो ।
ब्लगको दुनिया चाहार्ने क्रममा पहिलो पटक को छिराइमा मोहित गराउन सफल भोजपुरे ब्लगका चन्द्रबान्तवा राई संगको सहयात्रा र ब्लग उब्जाउन उत्साहित गर्ने चौतारीका संगम संगको मिठो भलाकुसारी नै उत्साहको शिखर बन्नपुग्यो । ब्लग ब्यानर बनाउन भरपुर सहयोग गर्दै प्रफुल्लीत पार्ने बी जे दुम्माली र गोरेटो कोर्न उत्साहित गर्ने चौतारीका संगम प्रति हार्दिक् आभार ।
गोरेटो र सहयात्रीहरु
नेपाली ब्लगरहरुको भबिष्यलाई सुनिश्चित गर्न कम्मर कसेर आगाडी बढदै पहिलो अनलाइन ब्लगर बेला सम्पन्न गरेर एउटा नमुना बन्न सफल दौतरीको जति तारिफ गरेपनि कमै हुन्छ तैपनि एकपटक फेरी सफलताको शुभकामना । ब्लगीङ यात्रामा सम्पूर्ण मर-मसलायुक्त खजानाहरुको जानकारी दिदै नियमित सहयोग गर्दै गोरेटो धाउने आफ्नै बिचार अभिब्यक्तीका ब्ल. गुरु दिलीप आचार्य, लामो समयदेखि ब्लग चलाउदै यथेष्ट जानकारी सहित रमाइला अनि चौतर्फी कुराहरुलाई साथमा लिएर चारैतिर पुगी हौसला दिलाउने बसन्त गौतम, गल्तिलाई पूर्णबिराम लागाउन सहयोग गर्दै भाषागत त्रुटीमा पनि खबरदारी गराउने केफ मंगलका जोतारे धाइबा (जीवन कार्की), साहित्यलाई सर्वत्र फिजाउदै बिभिन्न सुगन्ध लिएर आउने साहित्य संसारका दीपक जडीत, ब्लगमा रमाउन उत्साहित गर्दै निरन्तर सहयोग गर्ने आफ्नै संसारका बेदनाथ (उमेश), तस्बिर बाटै संसार झल्काउने फोटो यात्राकी सुजन आचार्य, आफ्ना भावनालाई बिभिन्न आकारमा प्रस्तुत गर्दै नयाँ-नयाँ सहयोग गर्ने आकार पोस्ट का आकार, उच्च प्रतिभा बोकेर कुटीमा रम्दै कहिलेकाही कुटीको झ्यालबाट गोरेटो चियाउने कुटीकी कैलाश, गफगाफ संगै रमाइला प्रस्तुति सहित लहरिने रोचक गफगाफका प्रवेश पौडेल (उजेली), आफ्नै पलहरुमा खेल्दै नियमित मिठा सुझाव र सल्लाह दिने आफ्नै पलहरुका बी. जे. बान्तवा दुम्माली, साहित्यका सुवास छर्दै मन्त्रमुग्ध पार्ने साहित्य संसारका बिमल गौतम, साहित्य साधनालाई साथैमा लिएर नयाँ-नयाँ खुराक दिने साधना शर्मा । यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहछु
यसरी नै अमूल्य रायहरु पोख्दै सिकारुलाई हातमा हात मिलाएर माथि उठाउन आउने सपना संसारमा रमाउदै हिडने सपना संसारका प्रदीप श्री, आफ्नै संगहका मिलन लम्साल, ब्लगको दुनियालाई एकत्रीत गरी एउटै छाता ओढाउन खोज्ने दौतरीका सम्पूर्ण टीम, कम्प्युटर सम्बन्धी जानकारी पस्केर राहत प्रदान गर्ने कम्प्युटर नेपाली का कृष्ण पोखरेल, रमाइला पक्षहरु समेटदै भबिष्यका सपनाहरुलाई जिवित राख्न सिकाउने नेभर स्टप ड्रीमिङ का दिपेन्द्र, अँधेरी रातलाई कुर्दै उज्यालो पर्खने कृष्णपक्षका कृष्ण थापा, चेतनाका भावहरुलाई पोखेर यथार्तमा रम्ने चेतनाका दूर्जेय, आफ्नै बिस्वासकी आशा गुरुङ, छोटा तर मिठा प्रस्तुती कोर्ने दीप श्रेष्ठ, कहिले चिसो त कहिले तातो हावामा मडारिने हाम्रै नेपालका हावा, यात्रालाई साहित्यमा रुपान्तरण गर्ने यात्राका सुस्केराका दिनेशराज, नेपाली मनका शिव प्रकाश प्रति पनि धेरै-धेरै धन्यबाद । त्यैगरी फूर्सदको समललाई खेर नफाली सिकारुलाई सुझाव दिन आउने अन्त्यहीन शुरुवातका चूडामणि भट्टराई, ब्लगलाई निरन्तरता दिन जोस्याउने गुल्मि दर्शनका सन्जु मगर ट्रेकीङकी रस्मिन, साहित्य बिचार र बिबिधका अर्जुन दुङमेन, जिन्दगीका तितामीठा पानामा रम्ने बिमल, बिचार र स्वतन्त्रता मञ्चका गोकुल ढकाल, आफ्नै आवाजका केशब घिमीरे, अन्तर बिचारका कलमबिर घोताने, छुट्टै पहिचानका समीर, कटुवालका मदन, अजबगजबका एन. के. एम., वियोगमा छहारी धाउने सार्थक सिम्खडा, संगमका प्रबिण थापा, नुवाकोटका सिताराम वस्ती, सहपाठी बनेर आउने कीरण राई, दौतरीका नेपालियन, प्रतिभाका धनी शेखर के सी, माउरोका साथीहरु, यात्राका सुमीरान,अनलाइन खसखसका राजेश यस्तै सहयोगको राहत स्वरुप सिकारुमा प्रवेश गर्ने द किराँत नयाँ प्रवेश भाई, बिचारका आकाश लगायत बेला-बेलामा रचना पठाएर सहयोग गर्ने छबिलाला दाजु साथै गोरेटो सँग सम्बन्धित सम्पूर्ण फलोवर्स, फेसबुकबाट जोडीने आदरणिय मित्रहरु लाई पनि बिशेश आभार गर्दै नाम लेख्न छुटेका ब्लगरहरुप्रति पनि क्षमा माग्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु । ईमेलमा उस्काउने साथीहरु, भेटमा जोश दिने साथीहरु र अन्जानमा कोही छुटन गएकोमा वहाँहरुलाई पनि बार्षिक यात्रामा साथ दिनुभएकोमा धन्यबादका शब्दहरु समर्पित गर्न चाहन्छु र उल्लेखित सबैबाट आउदा दिनहरुमा अझ बढी माया हौसला र गल्तिहरुमा पूर्णबिराम लगाउन सक्ने तार्किक
प्रतिक्रियाहरुको अपेक्षा राख्दछु । happy blogging ....
बाँकी यता >>

12 August 2009

प्रतिबद्धता (लघुकथा)

. 12 August 2009
13 प्रतिक्रिया

कथामा चोटिला र पेचिला द्वन्द्व सहित उत्कृष्ट कलामा प्रस्तुत गर्न दिलीप दाईका लघुकथा मा अति यथार्त अनि सच्चाई पाइन्छ । बर्षा हिउँद जस्तो समय पारेर म पनि कहिलेकाही रमाउन पुग्छु लघुकथामा । गैरमुलुकमा रहदा पनि संगी-साथीहरु बिच नराम्रो सँग जरागाडीरहेको एउटा तितो सत्यरुपि कुरालाई लक्षित गर्दै कथा लेख्न झक्झक्यायो यो परिवेश अनि समयले मलाई । बाँकी कथाबाटै...
सधै झै आजपनि उठेर काममा जानुपर्ने बेला भैसक्यो । शरीर शिथिल भएको छ । नसुत्नुको कारण टाउको झन्झनी दु:खेको छ । आँखा खुलेको छैन । बजिरहेको अलार्मलाई २० मिनेट बढाई फेरि निदाउने कोशिस गर्छ उ ।
२० मेनेट पछि फेरि अलार्म बज्छ । निदाउनै लागेको बेला बजेको आवाजसंगै उठछ सकी-नसकी । एक त हिजो तास खेलेर पैसा हारेको टेन्सन दोस्रो काममा जान ढिला भैसकेको बेलालाई मनन गर्दै हत्तपत्त मुखमा पानी छ्याप्दै २ टुक्रा पिरो खुर्सानीको भेडी खल्तिमा बोकेर बजिरहेको गाडीको हर्नलाई भेट्टाउन पुग्छ । डयुटीमा पुगेपछि अबेर हुनुले म्यानेजरको टीका-टीप्पणी त छदैछ फेरी रातभरीको अनिद्राको कारण निद्राले पनि उत्तिकै सताइरहेको छ जब निद्राले झुप्प-झुप्प पार्छ खल्तिमा भएको पिरो खुर्सानीलाई करयाम्म टोक्छ । त्यही पिरोलाई आधार बनाउदै निद्रा भगाउदै काम गर्छ । सोच्न शुरु गर्छ । "म यति टाढादेखि गाउँघर र देशलाई छोडेर २-४ पैसा कमाउने ध्येय लिएर रातदिन पसिना बगाउछु परिवार अनि उनैको सम्झनामा । यसरी सधैको बर्बादिमा कति बस्नु? म यो जीवनको उद्देश्य पन्छाएर किन बौलाइरहेको छु ।" यस्तै कुरा सोच्दै अब आइन्दा तास जुवा तथा अनैतिक काम नगर्ने प्रतिबद्धता सहित घर फर्किन्छ । आवसमा आउछ । फ्रेस हुन्छ
साथीहरुको चाला उहि छ । तेरो मेरो भन्दै लडाउदैछन तासका पत्त्तिहरुलाई । मुखमा रयाल चुहाउछ आज त हिजो हारेको पैसा उठाउनै पर्छ भन्नेकुरा सोच्छ । त्यो उठाएपछि कहिल्यै नखेल्ने नयाँ प्रतिबद्धता जनाउदै फेरि बस्छ। एकछिन भन्दाभन्दै रात बितिसक्यो उजेलो भयो हिजोको पैसा उठने त कुरै छोडौ आज पनि चुना लाइसकेको छ धेरै नै । मोबाइलको घण्टी बज्छ । उठाउदैन, धेरै पटक नै भएपछि बिस्तारै उठाएर कुरा गर्छ । परिवारको फोन हुन्छ । एकैछिन कुरा गर्छ । गर्दागर्दै आफूले एकैछिनपछि कल् ब्याक गर्ने प्रतिबद्धता जनाउदै राख्न लगाउछ ।
अबत डुयुटीमा जने बेला पनि भै सक्यो । गएन भने हिजोको म्यानेजरको भर्वल वार्निङ पाइसकेको छ । जुरुक्क उठेर बाथरूम पस्छ नुहाइवरि बिस्तारामा बसेर सोच्न शुरु गर्छ । धत यसरी बिग्रेको ब्रदि जस्तै भएर कति दिन म यो मरुभूमि संग पाकेर बस्ने ? बिचरा हिजो सुन्तलिले तार गर्दा पनि बोल्नै नदिई राख्न लगाए । कमाई हुने अलि अलि तलब पनि हारेर के पठाउने घर ? कान्छा साहुले हालीदिएको ऋण बढाएर कति पुरयाउने हो था छैन । आमालाई कति दु:ख दिएको होला त्यसले । पारिवारिक सोचमा डुब्छ, भावुक बन्छ अबदेखि नखेल्ने बाचासहित दराजबाट एउटा डायरी निकाली सम्पूर्ण वाचा सहितका प्रतिबद्धताहरु पानामा उतारि त्यही दुई टुक्रा खुर्सानी गोजिमा राखेर कामतिर लाग्छ । काममा गयो ढिलो नभएको कारण आज केहि सुन्नु परेन । दिनभर पिरोलाई साहारा बनाउदै सकायो त्यो दिन अनि आवासमा फर्कियो ।
कोठामा आयो । साथीहरु गुजुमुज्ज परेर खेल्दै रमाउदैछन । यसो सोच्छ, बिहानको वाचा-कसमका प्रतिबद्धताहरु । दराजबाट बिहान प्रतिबद्धता जनाई लेखेको डायरी निकाल्छ । दुई लाइन थप्छ ।
"आज अन्तिम दिन मात्र भोलि देखि पक्का खेल्दिन"
त्यसपछि डियुटीको युनिफर्म सँगै हातभरि तास समाएर बस्छ ।
बाँकी यता >>

27 July 2009

बुहारी

. 27 July 2009
22 प्रतिक्रिया

अलि पहीले सामाजिक ,मूल्य र मान्यताको नाम बेचेर समाजको दायराभित्र जरो गाडेर बसेको अन्धबिस्वास रुपि भावनालाई चिरफार गर्ने एउटा कविता रचेको थिए । त्सैलाई राखेर टार्ने कोसिस गर्दै छु आज । वास्तवमा नेपाली समाजमा एउटी नारीले कसैको घरमा बुहारीको रुप लिएर प्रबेश गरेपछि (बिषेश गाउँ घरमा) उनिप्रति समाजले हेर्ने हेराई र बुहारीलाई दल्नुपर्छ भन्ने सासुको मानसिकता नफेरिदा उनिले झेल्नुपर्ने कठिनाइहरुका बाबजुद पनि दिनरात खटेर परदेशिएको जीवनसाथीको मिलन सम्झेर बिताएका दिनहरुका केहि झलकहरु कविता मार्फत पस्केको छु । अलि काँचो-काँचो छ । हुनपनि आजभन्दा करिब ३ बर्ष अगाडी रचेको । जस्ताको तस्तै राखे फेरबदल नगरीकनै।


मिर्मिरे उषालाई अंगालो मार्दै
कुखुरी काँ को अलार्म घडि संगै
झुल्के घामले मुख नखोल्दै
पोत्ने हातमा लिएर
झुपडीका दैला ठेलाहरुमा
जाग्यौ लिप्नलाई तिमी


आँखाभरी रहर पालेर
फुङ्ग उडेको अनुहार बोकेर
भावहीन, चेतनाहीन
रुन्चे बिहानी संगै
छ्त्रे केशमा चुल्ठो लगाउदै
चौपयाका भकारा तर्फ लम्कीयौ तिमी


बासी रोटीको साहारामा
मुटु भित्रका शब्दरुपी बाण निल्दै
हराएका मुस्कानलाई
प्रतिक्षाको हुरीले ल्याउने आशमा
भीजेका परेलीहरुका बेदना रोक्नलाई
डोकोलाई बह पोख्दै
हिडयौ नाम्ले सहारामा तिमी


मध्यान्हको चर्को घामले पोलेन तिमीलाई
अगेनाको भुङ्रोले डढाएन तिमीलाई
बिछोडीएको परदेशिको न्यनो यादमा
भष्म बनाई पिडा र बेदनाका धारहरु
बाचीरहयौ धोती र लुंगीका फूर्काहरुमा
माया बाँधेर, वाचा बाँधेर तिमी


बीसौनीमा डोको बिसाएर
पटुकीले पसीना पुछदै
फूल सिउरिएको केशमा नाम्लोले थिच्दै
गुज्रीदैछ तिम्रो जीवनका पल-पलहरु
बिक्षिप्त आत्मा र निरिह आवाजमा
आशै आशाको घेरामा रहर राखेर


कुरौटे समाजको कामुक हेराइलाई
शक्तिपिठको खम्बा बनाई
देउरालीमा पुष्पबृष्टी गराउदै
सपनी जस्तो अतितलाई पछयाउदै
नयन भरीको भावमा छचल्कीएको
बिछोडको तस्विरलाई सम्झदै
उपेक्षाको रजनी बोकेर बाँचीरहयौ
आँसुको पोखरी भित्र तिमी


बिचारहरु बिथोलिएपनि
बिस्वासहरु भाँचिएपनि
निष्ठाहरु जोगाएर तन्द्रे मनमा
कति बस्छौ
एउटै मिठो शब्दभित्रको
कालो जीवन बोकेर
बुहारी बनि यो समाज भित्र तिमी ।
बाँकी यता >>

10 July 2009

गीत

. 10 July 2009
18 प्रतिक्रिया

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

कोरिबाटि चुलठिमा तिम्ले माया राखेजस्तो
ताराबाजी, चिमुसिमा तिम्ले माया साचेजस्तो
सकिन की पढि बस्न तिम्रा तिखा आँखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

यात्राका पदचापमा तिम्रो प्रीत खोजीहिडे
हावाका बेगहरुमा तिम्रो गीत बोकि हिडे
भेटिन की सुस्केरामा तिम्रा मनका खाकाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु
बाँकी यता >>