04 May 2016

केही मुक्तकहरु

. 04 May 2016
0 प्रतिक्रिया

लेखक फेरीन्छन तर कृति फेरीदैन यहाँ
नेतृत्व फेरीन्छ तर प्रवृत्ति फेरीदैन यहाँ
लेख्ने र लेखाउनेको तालमेल मिलेरै होला
कुरा फेरीन्छन तर मनोवृत्ति फेरीदैन यहाँ ।
~~~~~~~~~~~~~~~~~~~~~~
अचेल सपनिमा उनी सधै डराएको देख्छु
कोही फेद काटदै रुखमाथी चढाएको देख्छु
पक्कै केही अनर्थ हुनेछ उनिमाथी नत्र
किन आफ्नै सन्तानबाट आमा डराएको देख्छु
~~~~~~~~~~~~~~~~~~~~~~
कसरी बदलिन्छ जगत सधै आफै गुरु हुन्छौ
बिसङती र कुरुती निम्त्याउदै जहाँ त्यही सुरु हुन्छौ
खै तिम्रो आचरणमा बदलाव कहिले देखायौ
किन  सत्य र निष्ठा बोक्न थुरु थुरु हुन्छौ?
बाँकी यता >>

25 May 2014

. 25 May 2014
1 प्रतिक्रिया

पाहुनाझै दुइ दिन हाँसेर गई 
छोडि जुनेली रातमा ढाँटेर गई 

बसन्तमा संगसंगै फूल्छु भन्थि 
कोपिलामै बोटपात भाँचेर गई 

साधक बन्थि सान्त्वना देखाई 
 बेमौसमि मायाप्रेम गाँसेर गई 

शालिन ठान्दै निशर्त रमाए 
बिटपको मुकुट टाँसेर गई 

सचित्र कोर्दै अनन्त जिवनको
रोँदनलाई यौबनले साटेर गई
बाँकी यता >>

21 December 2012

गजल

. 21 December 2012
2 प्रतिक्रिया


२०६८ असोज ३ 


एउटा पत्र  तिमीलाई कोरु  कि जस्तो लाग्छ   
क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ

शुन्यतामा   हराउदा   बहार बनि उमंगको 
गोधुलिलाई उषासंगै जोरु कि जस्तो लाग्छ

आत्मिय र  स्पर्शको  साथ छुट्दा घरि-घरि 
बन्धनको बन्द ताला  फोरु कि जस्तो लाग्छ

कोपिलामै  छरिदियौ  सुवासका   परागहरु
फूल बनि तिम्रै नजिक झरू कि जस्तो लाग्छ

"सूर्य" बनि कति बस्नु बादलुको  घुम्टोभित्र 
गगन छोडी धर्तितिरै सरु  कि जस्तो लाग्छ


*********************************************
                                        

     
बाँकी यता >>

07 August 2012

कविता

. 07 August 2012
1 प्रतिक्रिया


२०६८ असोज 

आँखा तिनै मन त्यहि
तर दृष्य फरक
नानिमा टल्किने छायाहरु फरक


आसा र बिस्वासको दियो निभ्ने हो कि
भन्ने डरले कापिँरहेको मुटु लाई
पुस माघको सिरेटोले झन कमाउदै
दिवा स्वप्न झै न्यानो घामको आसमा
रत्तिएका कल्पनाहरु बाटो कुर्दैछन !


थाह छैन मुलबाटो कहाँ छ
दोबाटो र गोरेटोको संगम कसरी हुदैछ
तर यि चालहरु सक्रिय छन
खुसि र उमंग पाउने आशमा !!


कल्पनाका फलहरु
यथार्तका काँडा हुन कि
बोक्न नसक्ने ईच्छा र
भुल्न नसक्ने यादहरु
मष्तिष्को उत्कर्ष मात्रै हो कि
स्नेह र निर्दोषको सोझो खेलमा
आशक्ति र स्वार्थको जित हो कि !!!


बिक्षिप्त छातिका रंगिन सपना
दोबाटोका पत्थर बन्दा
लक्षभित्रका स्वर्णिम चाहानामा
कलिलो ह्रदयमा अंकुरित भावनामा
बज्रपातको तुसारो पर्दा
आफै गलेछु,च्यातिएर टुक्रा-टुक्रा भएछु!!!!



समाधान खोज्दै पाइला सार्दा
हुरि बतासको बेग संगै
क्षितिज नियाल्दै उडिरहे,
यै एउटा जीवन जिउने बहानामा
यै एउटा जीवन जिउने बहानामा !!!!!

                                 **************************************************** 
                                           
बाँकी यता >>

08 July 2012

गजल

. 08 July 2012
3 प्रतिक्रिया


केहि समय पहिले फेसबुकमा मतलाको रुपमा प्रस्तुत यो भावले गजलको आकार पाएकोले ब्लगमा राखेको छु।

थाहै नपाइ जिन्दगिमा कताबाट फाटो आयो
धोई पखाली नमेटिने मायारुपि टाटो आयो

जारी थियो यात्रा हाम्रो दोबाटोमा एकै साथ
छेके पछी कोहि आई छुटाउने बाटो आयो

जल थियो मल थियो मनको हरपल थियो
नफक्रिदा मनको फूल मुटुभित्र गाँठो आयो

 बलिदानमा प्राप्ति  खोज भन्थे प्रेम गर्नेहरु
  त्याग सबै ब्यर्थ हुदा  यौटा दुख्ने पाटो आयो

                  ************************************************
बाँकी यता >>

15 June 2012

अस्त र उदयको चपेटामा- सूर्य

. 15 June 2012
4 प्रतिक्रिया

पूर्वको लालिमा उदाएको सूर्य दिनसंगै ढल्दै पश्चिममको डाँडामा अस्त हुनुपर्ने, सन्ध्या संग मितेरि गास्दै रमाउने जुन प्रभातको उदयसँगै मलिन हुदै खुम्चिनु पर्ने । आ-आफ्नै अस्त र उदयको प्रक्रिया भोगिरहेका सम्पूर्ण बस्तुबिच झल्किएको वास्तविकता म मा पनि लागु हुनु कुनै नयाँ कुरा त पक्कै होइन  तर एउटा नियमसंगत तरिकाले नहुनु भने पक्कै अघोसित  बेवास्ताको रुप नै हो।यस्तै आरोह-अवरोहका बिच मेरा ब्लगिङका दिनहरु गुज्रिएका छन् । हुन त यो अवधिमा मैले थुप्रै कुरा पाए।धैरै सिके।तर गुमाउन भने केहि गुमाइन।यस्लाई म बचेको र उभ्रेको समयको प्राप्ति नै भन्दछु।

ध्रुव सत्य नै हो। जन्मे पछि मानिसले मृत्युको प्रतिक्षा गरिरहेकै हुन्छ। त्यहि प्रतिक्षाको बिच आउने क्रिया-प्रतिक्रिया, अवसर-चुनौति अनि आवेग र उदवेगहरुको उतार चढाव नै जीवन बनेर जन्म र मृत्युको बिच घुमिरहन्छ।यहि चक्रमा बनेका छापहरुको अस्तित्व नै जीवनलाई चिनाउने एउटा माध्याम रहेछ।तर यहाँ जीवनको कुरा अस्त र उदयको चपेटामा जोडिनु पक्कै सान्दर्भिक नहोला तर मेरा ब्लगिङका बर्षहरु पनि यसरी नै बितेका छन।आरम्भको मनोगत शैलिमा अडिग रहन नसक्नु र गोरेटोमा हुनुपर्ने समायोजनको प्रक्रियामा हृास आउनु यो अवधिका मुख्य चुनौति बने।

            समानान्तर ब्लगरहरुले चढेको खुडकिलोले शिखरलाई पछ्याउदै गरेको देख्न  पाउनु त मेरो सौभाग्य नै मान्छु म। शुरुबाति ब्लगिङ फितलो भएपनि समय संगै परिवर्तनको पथमा मेरो पनि पक्कै केहि उत्साहजानक सहभागिता झल्किएको अनुभुति भएकै हो तर निरन्तर लागिरहन नसक्नु दु:खको कुरा । अर्को कुरा ब्लग संसार र समग्र तरंग भित्र गासिएको छुट्टै प्रकारको आत्मियता पनि टुक्रदै र टाढिदै जाने रहेछ भन्ने कुरा मैले यो बिचको अन्तरालमा मनन गरेको छु। नयाँ कुरा पछयाउन नपाउनु,आगन्तुकहरुलाई स्वागत र प्रोत्साहन गर्न नपाउनु र समकक्षि लगायत पुरानाहरुलाई सम्मान दिन नसक्नु नमज्जाको बिषय बन्न पुगे।
अग्रजहरुको मार्गलाई पछयाउदा पाएको सुखद र हौसलाका अनुभूतिहरुलाई मनको भकारिभित्र टम्मै पारेर राखेको छु तर एकतर्फि मायाको स्वाद के स्वाद भने झै प्रतिक्रिया र प्रसंगमा दर्सिन नपाउनु नजिक भएर पनि टाढिएको जस्तो भान हुने रहेछ। जे होस समयसंग जोडिनुपर्ने आम आवस्यकतालाई मध्यनजर गर्दै बेला-बखत झुल्किनै मन लाग्छ।यस्लाई चट्कै माया मार्न नसकिने रहेछ।त्यसैले कहिलेकाही अस्त र उदयको दोधारमा उभिन पुग्छु र अस्त भन्दा त ढीलै भएपनि उदाकै राम्रो मानि झुल्किन पुग्छु ब्यस्तताका बादल पन्छाएर। अब त स्थितिले सोझो रुप लिएको जस्तो पनि भान हुदैछ जस्का कारण निरन्तरताको निकटमै आइपुगे जस्तो पनि लाग्छ। ब्लगमा देखा परि सिर्जना र चिन्तनहरु पस्किन नसके पनि यो अवधिमा निस्क्रिय नै भएर बसेको भने छैन। केहि चिन्तन मनन र सिर्जनाहरु डायरिमा संकलित भएकै छन। प्रस्तुत गर्ने काइदा मात्र नमिलेको हो।

मित्रहरु! यस्तै-यस्तै वास्तविकताहरु कथा बनेका छन मेरो जीवन संग आजभोलि।पुरानो बसाइलाई नयाँ बनाउने कोसिस,पहाड र तराइको अब्यवस्थित बसाई, र पारिवारिक स्तिथिलाई परिमार्जन गर्ने उद्देश्यका कारण म आफैमा हराइरहे। हजुरहरुप्रति (ब्लगर) मेरो मान ,सम्मान,आत्मियता र मित्रता  उत्तिकै रुपमा रहेको छ।मलाई यो तरंगमा जन्म दिदै बामे सर्न सिकाइ आफ्नै कोसिसमा अडिग रहन सहयोग गर्ने सबैलाई मुरि-मुरि धन्यबाद दिन चाहन्छु। कछुवाको चालमै भएपनि हिडिरहेका यि पाइला टेक्नमा यहाँहरुले दर्शाएको आक्षरिक र मौखिक सहयोगको लागि म आभारी छु।यो बिचमा धेरै साथीहरुको आगमन भएको छ ब्लगमा तर मेरो परिचय बाँकी नै भएपनि यसैबाट स्वागत दिन चाहन्छु। मेरो गोरेटोमा पाइला टेक्दै सुझाव,सल्लाह,हौसला र तालि दिनुहुने सबैमा मैत्रिभाव जगाउदै धन्यबाद प्रकट गर्दछु। हाम्रो साथ जीवन्त र दीगन्त बनिरहोस। कामना.................

*********************************************************************************
बाँकी यता >>

21 June 2011

गजल

. 21 June 2011
8 प्रतिक्रिया

ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग ।  निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहरुलाई निराकरण गर्न नसक्नुले ब्लगर साथिहरुसंगको सहयात्रा अलि पातलिदै गैरहेको छ। यो समयाबधि भित्र भेट गर्न नसकेका सम्पुर्ण मित्रजनहरुलाई हार्दिक सम्झना तथा नमस्कार भन्दै बिगतमा कोरिएको यो गजल टाँसेर औपचारिकता पुरा गर्ने जमर्को गरेको छु ।




नयनले नपढाउ प्रेमका ति पाठहरु
अझै अघि नबढाउ मुट् दुख्ने बातहरु

जलिराछ जिन्दगी स्वार्थको हुरि चल्दा
हुरि माझ नबढाउ दियो बाल्ने हातहरु


यौबनको मातसंगै मनभित्र आगो बाल्दा
राप लाग्छ जिन्दगिमा परै राख तापहरु

मित्रताको दोबाटोमा स्वच्छ भै बसे पनि
सपनिमा नआउन  डाहा गर्छन रातहरु

आक्षेप र उपेक्षाको समाधिमा सूर्य”लाई
फुल टिपि नचढाउ ईश्र्या गर्छन् पातहरु
बाँकी यता >>

22 December 2010

गजल

. 22 December 2010
4 प्रतिक्रिया

मन भन्छ सधै तिम्रो साथमा रहन्छु
स्पर्श नपाएनि तिम्रो बातमा रहन्छु
         
नसा नसामा बगाउला तिमीलाई सधै
बिना सराब तिमी संग मातमा रहन्छु

प्रभात संगै उदाउन सन्ध्या बोकेर
प्रहर रोकी तिम्रो चन्द्र रातमा रहन्छु

मुस्काउ तिमी फुल बनि म भमरा हुला
चुमी सारा खुसी त्यो सुबासमा रहन्छु

उषा बोकेर चम्कन सूर्य तिमी संगै छ
बढाउ सामिप्यता म त्यै तापमा रहन्छु ।
बाँकी यता >>

23 November 2010

आफन्त

. 23 November 2010
3 प्रतिक्रिया

श्यामलालले करिब पाँच वर्ष भैसकेछ यो संस्थामा काम गर्न लागेको पनि । घर धान्न देखि लिएर घर ब्यवहार, ईष्टमित्र, नातागोता सबैको भार आफ्नै टाउकोमा लगाउनु परेको छ । ६ जनाको पारिवारमा गाउका पाका पुराना ईज्जतसाथ बसेका मान्छे । अत्यधिक आधुनिकताले गाँजेको बेला भएर होला श्यामलाल पनि ढल्दैछन त्यो समयसँग नचाहरै भएपनि ।

त्यसो त उनी जागिर बाहेक परिवारसंग आफ्नै करेसाबारिमा सागसब्जि पनि उत्पादन गर्छन् । जायदात पनि अलि कमै भएका मान्छे भएपनि गाउघरको जनजिब्रोमा निकै ईमान्दारिता बोकेका मान्छे । "यो नोकरि गर्न लागेको पनि पाँच वर्ष भैसकेछ । बढुवाको आस गर्दागर्दै यतिका समय भैसक्यो । हाकिमले मन नपराएको पनि हैन । त्यो मदनलाललाई( संस्थामा आफूभन्दा उपल्लो स्तरका कर्मचारी) सरुवा गर्ने कुरा त चलाएकै छन् हाकिम साबले । त्यसपछि त आफ्नै पालो हो । हुन त यो बहुसङ्ख्यक बेरोजगारिको अखडामा रोजगारि पाएकै छु । जागिरको लागि महिनौ लगाएर मरिमेटेको तिक्तता पनि  भोगेकै हो कति लोभिनु ?" यस्तै यस्तै विगत देखी बर्तमान सम्म सम्झदै राहतको मस्यौदा तयार पार्छन् श्यामलाल ।

नभन्दै आखिर त्यो दिन पनि आयो ।मदनलाललाई बढुवा गरेर पठाइदिए हाकिमले । श्यामलाललाई उपल्लो तहमा स्वागत गर्दै आफ्नो (पहिलेको श्यामलालको पद) पदपुर्तिका लागि उनैलाई एउटा ईमान्दार र स्वाभिमानि व्यक्ति खोज्ने जिम्मा पनि सुम्पिए हाकिमले । यसले धेरै समय पछि श्यामलाललाई राहत मिलेको अनुभूति भयो । परिवार सँग खुसी मनाए। गाउघर समाज टोलतिर उनैको चर्चा भयो। फेरि अर्कोतिर आफ्नो ईमान्दारिताको फलले गर्दा एउटा नयाँ मान्छे खोज्ने अवसर पनि मिलेकोमा दङ्ग छन् उनी। यसो समाजको यताउता आँखा घुमाए। फेरि सोचे हाकिम साब अलि प्रखर किसिमका मान्छे । जस्तोसुकैलाई त जागिर लगाउनु पनि भएन । उनको मनमा झट्ट एउटा नाम याद आयो। त्यो भाइको छोरा नारने( अलि उरन्ठेउलो हुनाले नारनलाई नारने भन्छन उनि) काम नपाएर घुमिराछ । एक पटक त खुवाको पनि हो जागिर मातेर हिडयो तर जे भएपनि आफ्नैलाई लगाउन पाए बिग्रेको पारिवारिक सम्बन्ध पनि सप्रने अनि उसको पुनर्रउत्थान पनि हुने । यदि हाकिम साबले कुरा खानु भयो भने राम्रै हुनेछ भन्ठानेर नारनेलाई नै जागिरमा फोर्स गर्ने बाचा सहित निदाउने कोसिस गरे त्यो रात ।

करिब आधा दशक काम गरेका पाका पुराना मान्छेको कुरालाई काटने कोसिस गरेनन हाकिम साबले पनि । यदि तिमिले ठीक छ र काममा पनि ईमान्दरिता देखाउछ भन्छौँ भने भोलिदेखी नै काममा बोलाउँ । धेरै दिन भैसक्यो काम थुप्रिएको छ तिमीलाई थाहै छ । हाकिमको कुरा सुनेर खुसी हुदै श्यामलालले नारनेलाई अर्को दिन देखि नै काममा बोलाए । बाबु छोरा संगसंगै अफिस जाने आउने गर्न थाले  । केहि दिनमै दुई घरको पारिवारिक सम्बन्ध पनि सुधारिदै गयो । वरपर छरछिमेकले पनि गुनगानका नयाँ कुराहरु गाउन थाले। श्यामलालाई यस्तो खुसी जीवनमा पहिलो पटक मिलेको छ ।

(करिब तिन महिना पछी)

श्यामलाल विचारमा पर्दैछन आजभोलि । खै के भाको होला ? काम पनि गरेकै छु राम्रै सँग हिजो हाकिमले मलाई किन यति सारो गालि गरेको होला? गल्ति पनि त भए जस्तो लाग्दैन । के त्यो नारनेले पो बिरायो  कि ? केहि समय भयो हाकिम र नारने निकै नजिक भाका छन् तर के भयो र आफ्नै केटो त हो मिलोस् न मलाई त राम्रै त हुने हो नि । सोच्दासोच्दै भुसुक्कै निदाएछन ।

समय बित्दै गयो । जति पछि भयो उति हाकिमको आँखामा गिर्दै गएको आभास भएको छ श्यामलाललाई आजभोलि । केहि दिनपछी नयाँ पोस्टमा काम गर्न असक्षम भन्दै बढेको पद घटाई पहिलेकै पदमा काम गर्न आग्रह गर्दे नारनेलाई उपल्लो तहमा काम लगाए हाकिमले । फेरि दोधारमा परे श्यामलाल । हुन त काम अलि कडा नै भएपनि चलाएकै थिए बरु त्यो नारनेले त कुरा बिगार.............. धत् म पनि कस्तो सोचेको ? निसन्देह काम लगाएको हुँ । गलत सोच्नु राम्रो होइन । मन सम्हाल्दै पु:न पुरानै काम सुरु गरे । यो बेला सम्म नारने र हाकिमको निकै जमेको छ । आफ्नो मान्छेको प्रगति देखेर दङ्ग छन् उनि । जे होस मेरो नारने ले हाकिमको मन जितेको छ मेरो पनि केही हुन्छ छिट्टै फेरि ।

नारनेलाई जागिर लागाएको केही महिनापछि हाकिमले श्यामलाल लाई आफ्नो अफिसमा बोलाए । नारन सरको अनुसार तपाईको असक्षमता र अस्वभाविक कृयाकलापले गर्दा यो संस्थामा काम गर्न अयोग्य ठहरिनुको कारण आजसम्मको हिसाबकिताब चुक्ता गरिदै जागिर निकाला गरिएको जानकारी गराउन चाहन्छु। तपाइका नयाँ दिनहरु शुभ रहुन ।

हाकिमको यो कुरा सुनेर आफ्नै नारनेको  अनुहार तिर पुर्लुक्क हेर्दै पर्पुरो समाउदै आफ्नो
ईमान्दारितामा आफ्नो आफन्तले दिएको फल सम्झेर पाएको केही रकम बगलिमा हाल्दै घरतिर पाइला सार्छन श्यामलाल ।

बाँकी यता >>

01 November 2010

दिदी

. 01 November 2010
3 प्रतिक्रिया

निरास छु क्षितिजपारि टिका थाप्न आइन दिदी
सयपत्री मखमली गलामा राख्न पाइन दिदी


खुम्चिएर विवशतामा सम्झेँ अतित फेरी आज
सप्तरंगी टिका लिई तिम्लाई भेटन धाइन दिदी


उजाड यो बस्तीबाट नियाल्दै छु तिम्रो तस्विर
पोरको झैँ देउसी भैलो कसै सँग गाइन दिदी


विश्वासमा बचिराछु अर्को साल आउछु की त
तिम्रो आस्था बाचेकै छ जुवा तासमा लाइन दिदी


उमङ्ग र हासो संगै बितोस तिम्रो दीपावली
झुटो भयो बाचा मेरो तिम्रो मनमा छाइन दिदी



यो सरल गजल संगै नजिकै आइरहेको शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शुभ दीपावली !!!!!
बाँकी यता >>

14 October 2010

दसैं

. 14 October 2010
4 प्रतिक्रिया

बार्षिक प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइरहेको बडा दसैंले यसपाली पनि सबैको आँगन कुल्चिसकेको छ। दसैंको रौनक शहर देखि गाउँ गाउँ हुदै बेदेश सम्म पनि उत्तिकै रूपमा फैलिरहेको छ। एक आपसमा शुभकामना आदान प्रदान गर्दै ज्येष्ठ नागरिक बाट टिका ग्रहण गरी आसिर्बाद लिई दुर्गा भगवतीको प्राथना गर्न विदेशमा बस्ने नेपालीहरूको निकै पहिले देखि बनेका योजनाहरुलाई सजीव बनाउन जन्म ठाउँ भित्रिने क्रम जानी नै छ । लामो समय सम्म भेटघाट हुन नसकेका आफंतहरुलई दसैंले भेटाउने काम पनि गर्ने हुदा होला दसैं लाई छुटेका पारवारिक नाता र भेटघाट हुने जमर्को को चाड पनि भन्न सुहाएको।

आफ्नो भने यो दसैं अनि निरर्थक नै भयो। धेरै वर्ष पछि यो दसै लाई आफ्नो ठाउमा खुसियाली साथ मनाउन पाइएन। विवशतामा खुम्चिएर मातृभूमि छोडेर तलबको आकारले जीवन निर्धारण गरोस् भन्ने मानसिकता बोकेर विदेश भासिनेहरु प्राय को कथा मेरो जस्तै छ होला। कुनै पनि सुखद घडीमा रम्न र रमाउन समयको आवश्यकता पर्छ भने झैँ सस्कृति र परम्परालाई आत्मसात् गर्न देशभित्र नै हुनुपर्ने रहेछ। दसैं भनेर बन्द कोठामा केही साथीहरुको बीच नाचगान गरे झैँ गरेपनि वास्तविक खुसी र उमंगहरू बटुल्न जन्मथलोमा जस्तो स्वच्छ र शीतल नहुदो रहेछ। तैपनि मन बहलाउने काम भने झैँ एक आपशमा समझदारी बोकेर जँहा छौ त्यहिँबाट मन हर्षित पार्नुको विकल्प देखिन मैले पनि ।
दसैं कसैको लागि दशा नबनोस्। दिनभरी काम गरेर खाने ज्यामी र महलमा बसेर खानेहरु सबैलाई उत्तिकै खुसी हासो मिलोस् । धनि गरिब बीचको विभेद यो परम्परागत चाडमा लागू नहोस। झुपडी देखि महल सम्म बस्ने सबैले दसैलाई खुसी र धुमधामका साथ ग्रहण गर्न सकून् । दुर्गा भवानीले सबैको मनोकामना पुरा गरून् ।

ब्लग मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना ! दुर्गा भवानीको रक्षार्थमा मान्यजनको आसिर्बादमा परेको टिका जमराले सबैको मनोकामना पुरा गर्दै जीवन खुसीको बाटोतिर लम्कियोस।

जय दुर्गा माता !!
बाँकी यता >>

22 July 2010

वियोगको बह ( गजल )

. 22 July 2010
11 प्रतिक्रिया

केहिदिन पहिले मतलामा मात्रै सिमित भएर फेसबुकमा प्रकाशन पनि गरेको थिए यो मतला। आज फेरी  फुर्सदमा यसलाई गजलको आकार दिएको छु। वियोगको छहारीमा रचेको यो रचनासंग मेरो भाव त झल्केको छ तर व्यक्तिगत जीवन संग सम्बन्धित भने  छैन।

छुरा घोच्नेहरुको संसारमा रेटिन सकिन
दागैदागहरुमा    बसिरहे मेटिन सकिन

अन्जानमै सजाएछु सपनाहरु खोजेर आँखामा
आँसुबनि  बगे र पो धडकनमा भेटिन सकिन

तोडीए वाचाहरु कोपिलामै लुटियो खुसित्यो
फूलेर सुगन्ध  छर्दैजगतमा देखिन् सकिन

भिजिरहेछु दिनरात घातैघातको बर्षामा
जलिरहेको अग्निमा पनि सेकिन सकिन

डढेछ चित्रपटको     आकृति खरानी बनेर  
दिलभित्रको किताब   छानेर लेखिन सकिन
बाँकी यता >>