22 July 2010

वियोगको बह ( गजल )

. 22 July 2010
11 प्रतिक्रिया

केहिदिन पहिले मतलामा मात्रै सिमित भएर फेसबुकमा प्रकाशन पनि गरेको थिए यो मतला। आज फेरी  फुर्सदमा यसलाई गजलको आकार दिएको छु। वियोगको छहारीमा रचेको यो रचनासंग मेरो भाव त झल्केको छ तर व्यक्तिगत जीवन संग सम्बन्धित भने  छैन।

छुरा घोच्नेहरुको संसारमा रेटिन सकिन
दागैदागहरुमा    बसिरहे मेटिन सकिन

अन्जानमै सजाएछु सपनाहरु खोजेर आँखामा
आँसुबनि  बगे र पो धडकनमा भेटिन सकिन

तोडीए वाचाहरु कोपिलामै लुटियो खुसित्यो
फूलेर सुगन्ध  छर्दैजगतमा देखिन् सकिन

भिजिरहेछु दिनरात घातैघातको बर्षामा
जलिरहेको अग्निमा पनि सेकिन सकिन

डढेछ चित्रपटको     आकृति खरानी बनेर  
दिलभित्रको किताब   छानेर लेखिन सकिन
बाँकी यता >>

26 June 2010

सुरुआत संगै समाप्ति

. 26 June 2010
8 प्रतिक्रिया

बुटवल बजार मंसिरको महिना प्रभातको किरण हल्का सुरु  भएको कुहिरो माथि मुस्कुराउदैछ ।   भर्खर
 बिहानी सुरु हुदै छ । अँधेरो  चिर्दै चम्किरहेका रंगी-बिरंगी बल्बहरु एक पछी अर्को गर्दै निभ्ने क्रम जारी छ ।  शिशिर यामको आगमन हुन लागेको हुनाले कतै कतै बिहानी शिरेटोले कमजोर बूढाबुढी हरुलाई न्यानो सूर्यको किरणतर्फ आकर्षित पनि गरेको छ।  बिहानीलाई आफ्नो घेराबन्दीमा राख्न खोज्ने कुहिरो माथि परेका प्रभातका सुनौला किरणहरुलाई देख्दा आफ्नो अवमूल्यन भएको महसुश पनि गर्दै छ त्यो हुस्सु र कुहिरोले। त्यहिँ रमझमलाई नियाल्दै मेरा पाइला हरु पनि क्रमश बस्ति छोडने तरखरमा लागेका छन् । पारिवारिक संसर्गको मनमा एक्लो पनको अनुभूति जगाउदै मेरा पाइलाहरु बहिरीदैछ्न, त्यो शहर बिरानो बनाउदै ।
 
लु. अ. ख. १८४५ को यात्रीबाहक बस हाम्रो प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइसकेको छ अगाडी ।  सयौ यात्री आफ्नो गन्तव्यको लागि तछाड मछाड गर्दै ठेलाठेल गर्दै छन्।  हुलमुलमा उछिन्ने होडबाजी चलिरहेको छ त्यहाँ ।  मानौ यात्राको अरु कुनै विकल्प नै छैन जसरि ।  सभ्यता र संस्कृतिको राम्रो पहिचान  बोकेका हामीहरुले अज्ञानता र अपरिहार्यताको बतास बोकेर आफ्नो परिचय पनि राम्ररी नै दिएका छौ बसपार्क मा पनि ।  सिद्धबाबाको काखैमा अवस्थित तिनाउ नदि र केहि परको मणीमुकुन्दसेन पार्कमा मनलाई भुलाउदै यात्रालाई रोमान्टिक र निरासराहित बनाउने जमर्को पनि गर्दैछु ।
 
चढियो १८४५ को भिडियो कोचमा, बस्न त बसियो त्यो कोचमा तर एउटा पनि अडियो गीत सम्म सुन्ने मौका मिलेको भने होइन ।  यात्रा भरि बरु आफ्नै थोत्रो आइपड्को पो काम आयो ।   त्सैले होला हामी भरिला  देशका खोक्रा जनता  भाको । कागजमा एउटा व्यवहारमा अर्कै। बसियो मनमा किलै गाडेर भएपनि गन्तव्यको लागि ।  यात्रामा रमाइलो साथी भएमा यात्रा सहज हुन्छ भने झैँ परिछन् एउटी क्यानेडियन खैरेनी संगैको सिटमा ।  अब मनमनै त हो नि हामी ठुलो ठालु बाहिर पटक्कै बाक्य फुट्ने होइन क्यार ! एउटी सिटमा  बसेकी २२-२४ बर्षे तरुनी खैरेनिलाई देखेर  मनले  ढ्यांग्रो  पनि ठोकेकै छ भने अर्को तिर के के न होला जस्तो मन प्रशन्न  भएजस्तो पनि छ ।   बसमा सबै यात्रुहरु एक आपशमा   परिचय बाँड्दै  छन् आ-आफ्नो सिटमा ।  बाटोमा आइपर्ने घुम्ती र मोडहरुमा यात्री ओराल्ने र चढाउने क्रम पनि जारी छ, लोकल बस जस्तै । नीति नियम कागजमा लेखि पैतालाले कुल्चने परम्परालाई राम्रै संग आत्मसात गरेको छ यो चालक परिवारले पनि ।

                     कति बेला सम्म चुप लाग्ने भन्दै  फोडे मनको मौनतालाई मैले र फुकिदिए खैरेनीको कानमा हावा ।  मेरो हावाले छोएछ क्यारे हेलो भन्दै मुस्कुराइन नानी त ।  अनि जुटाए हिम्मत र फुटाए बोलि यात्राको सहज पनको लागि मैले ।  हाम्रो वार्ता शुरु  भयो सरकार र विपक्ष दलका नेताहरु जस्तो गरि ।  परिचयको ढोका  खोल्दा जुलिया भेटे दैलोमा।  २ मैने नेपाल बसाईको तीन चौथाई  पुरा गरि सकेकी उनि बाँकी समयलाई यात्रा र रमाइला ठाउँ भेट्ने तिब्रतामा रहेछिन ।  प्रशिद्ध धार्मिक स्थल लुम्बिनीको रमाइलो यात्रालाई आफ्नो मनमा उतारेर फर्किदै गरेकी जुलिया नेपाल र नेपालीको सुख- दुखमा रमाउदै बग्ने गर्छु भनिन । मौका छोपेर सवालका तिरहरु हान्दै छु म पनि बेलाबेलामा ।  हातमा कुनै उपन्यासकारको किताब पल्टाउदै आदर्शको पाठ  पनि सुनेकै छु मैले ।  त्यो त म पनि यात्रामा घरीघरी  हेरिरहन्छु पत्रपत्रिका छाटी दिन्छु दर्शन पनि ठुटे अंग्रेजीमा भएपनि  ।  लुम्बिनी  यात्राका रमाइला कुराकानीमा बहकिदै हामी अब अलि बढी नै घनिष्ट हुन् पुगेजस्तो भान भाको छ  । नेपाल र नेपाली प्रतिको मेरो प्रश्न पत्रमा उनले सोझा साझा ,स्वाभिमानी र सहयोगी जनता माझको लोक सस्कृतिमा प्रकृतिको सुन्दरता अति नै झल्केको छ तर प्रबिधि, दक्ष जनशक्तिको आभाव  र चर्को राजनैतिक खिचातानीको कारण तिमीहरु पछी परेका छौ ।  सबैले झैँ उनले पनि त्यही खोकिन

गाडी रोकिन्छ ।  ठेलागाडी र सुपामा फलफुल बेच्नेहरूको घुइचोको त के नै भन्नु पर्यो र अझै बिदेशी देखेपछी  । सुन्तलाको बोक्रा फोकर ह्यान्ड ब्यागमा राख्दै खानको लागि अनुरोध नगरेकी त होइनन तर सानोमा गल्ति  गर्दा सुन्तलाको बोटमा  बाँधिएर  रातभरी सुन्तला खाएको मिठो अनुभव सम्झिदै खान मन  नलागेको कुरा दर्शाए मैले पनि उनीलाई ।  खोकी पनि लागेकै छ र सुन्तला पनि खाएकै छिन ।  खोकीले सताउदा रुमालमा पोको परेर ब्यागमा राखेको पनि देखेकै छु ।  मलाई लाग्छ पश्चिमाहरू त्यसै अगाडी बढेका छैनन् ।  मानबियता, स्वाभिमान र अनुशासन नै मानव उन्नतिको पहिलो पाठ हो, जसबाट निडरता त्यतिकै, शिष्टता त्यतिकै । बिदाइको नैराष्यताले कुडिएको मेरो यो यात्रा प्रेरणादायी पनि बन्यो ।  मलाइ लाग्छ जहाँ यस्ता मानव स्वाभिमानका लालीहरु पोखिन्छन तिनै कर्तव्यबोध र आचरण हरुले हामीलाई पनि तानी दिए कस्तो हुन्थ्यो होला ।  हामी त खाली आफैसंग झुटो बोलि सत्यको घाँटी समाउदै आवरणमा सत्चरित्रको हावा फूक्छौ जसले पुरै  देश गन्हाउछ ।  गफै गफमा मुग्लिन सम्म आइपुगिएछ ।  चारैतिरबाट राजधानी भित्रिने हजारौ यात्रीहरुको भिड उस्तै एउटा होटेलमा पसी मम खाइयो ।  हैन यो  तातोपानी हुदै नेपाल भित्रिएको ममचा ले कति सम्मान पाको हो नेपाली समाजमा भनेको  त बिदेशीहरुलाई पनि उत्तिकै पल्काको रहेछ ।  खुबै चाख लिएर गाडीले हर्न नफुके सम्म सुरुप्प पर्दै भन्या !

अब शुरु भयो पहाडी भेगको रमणीय यात्रा ।  बाटोमा आइपर्ने सुन्दर ठाउँ र कुरिनघाटको केबुलकार लाई  आधार बनाउदै उनको ध्यान तान्दै छु म पनि ।  कति मेरा मात्रै कुरा गर्ने भनेर कोट्याए उनको मन पनि ।  ह्युमेनेटी र ईन्भारमेन्ट  बिषयलाई मुख्य आधार बनाएर क्यानाडा युनिभर्सिटीमा भर्खर प्रवेशिका पढाई गरिकी उनि आफ्नो लक्ष्य मानव सेवा र बालबालिकाको श्रम शोषण बिरुद्ध लागि पर्ने बताइन ।  मौका मिले फेरि पटक पटक नेपाल आउने उनको अर्को रोजाईको कुरा रहेछ ।  नेपालको बालबालिका तथा महिला उत्थान सम्बन्धि एउटा प्राइभेट संस्था  संग आबद्ध पनि रहेछिन जुलिया ।
साँझको ६ बजिसकेछ हाम्रो यात्राले करिब १२ घन्टाको दुरी पार गरिसकेको छ ( जाम सहित ) ।यो अवधिमा धेरै नै कुरा भए हामी बीच ।  जहाँ रहेपनि नियमित सम्पर्कमा  आउने वाचा सहित जुटेर छुटनुको नियम अंगाल्ने पक्षमा पुग्यौ  ।  आजकलको सबैभन्दा सजिलो सम्पर्कको माध्यम ईमेलको पनि साटासाट भयो तर यो समयले जुटाएको यात्राका पात्र हामीबीचको यो दिन भने अविष्मरणीय नै बन्यो र रंगियो मेरो कागजमा आज ।  बिधुतिय तारमा कहिलेकाही सल्बलाए पनि प्रतक्ष्य रुपमा सुरुवात र समाप्ति त्यहिँ दिन नै थियो हाम्रो लागि ।   समयले फेरी जुटाउला वा  मेटाउला जे भएपनि हाम्रो त्यो एकदिने मित्रताको यात्रा अनन्तको डोब संगै क्यामेरामा पनि कैद हुन् पुगेछ ।


                                                छिनमै  जुटाउने
                                                 छिनमै  छुटाउने
                                              साथ नरहेपनि यात्राले
                                                    बर्षौ सम्म
                                                 मनका भाव फुटाउने

***********************************************************************************
बाँकी यता >>

04 May 2010

गजल

. 04 May 2010
13 प्रतिक्रिया

मात्रै  गोला बारुदको गाँउ  देखे
खाटोलाई बल्झाएको घाऊ देखे

खोसेर हजारौ आमाका कोख
निचोरी भ्रुण  खाने माउ देखे

आस्थाको दियोमा वाचा बाँधी
हुरी डाकी उड़ाउने दाउ देखे

अतृप्त बन्दै सत्ताको ढुकुटीमा
नुनमाथि  सुनको  भाउ देखे

काटीए शाशकका गोडा भन्थे
निमुखाकै छाति माथि पाउ देखे
बाँकी यता >>

13 April 2010

नयाँ बर्ष, पुरानै कामना

. 13 April 2010
9 प्रतिक्रिया

आउन त आयौ नयाँ बर्ष
फेरी यो मन रम्दैन की

अब त बारीका काल्नाहरूमा
रगतका टाटाहरु जम्दैन की

नाङ्गो तरवार खेलाउने कान्छोले
आफ्नै दाजु भन्दैन की

दिदी, बैनी र अबला चेलीहरुको
सिउदोको सिन्दुर गन्दैन की ?

त्सैले भन्न मन लाग्छ तिमीलाई

सकाइदेउ दशकौको छाति चिर्ने खेल अब
हटाइदेउ शिर माथिको कालो बादल अब

प्रभातको सुनौलो किरणसंगै
बर्षाइदेउ शान्ति र सु-शासनका
अदभुत तरंगहरु
२०६७ ईतिहासको
स्वर्णिम र अविष्मरणिय
देशको रङ्ग भनेर ।
यो सरल कविताको कामना संगै समस्त ब्लगरहरु लगायत  देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना !! .गत बर्षले छोडेर गएका अधुरा, अपुरा र अशुभ कामहरुलाई यो बर्षले पुरा गर्दै नयाँ सोचमा शिखर चुम्न सफलता मिलोस।

******************************************
बाँकी यता >>

31 March 2010

कान्छी साली

. 31 March 2010
9 प्रतिक्रिया

मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। तपाईहरु संगको बिछोडको यो दुई महिना मलाई दुई बर्ष जस्तै लाग्यो। यो अन्तरालमा ब्लगका रमाइला, ज्ञानबोधक र स्तरीय पाठ हरुबाट टाढा रहनु परेकोमा खेद प्रकट गर्दै पु:न सुचारु हुने प्रतिबद्धता सहित हाजिर छु। मलाई माया गर्दै गोरेटोमा सुझाव बर्षाउने महान मित्रहरुले पहिले जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु । यो खाली समयमा मैले अनुभव गरेको कुरा जति ब्लग या अरु कुनै पनि विधा बाट टाढीदै गयो त्यति नै दिमाग निस्क्रिय हुने रहेछ। यो शुन्य मष्तिस्कले केहि सिर्जना गर्न नसकेको बेला पुरानो कपिमा थन्किएको तर ब्लगमा नयाँ लाग्ने यो ठट्यौली गजल ठेलेर अपडेट गर्ने बहाना बनाउदै छु । त्सैले लागे शिर्षकको बोलितिर।

धेरै किने क्रिम पाउडर ल्याउनु ल्याए लाली
 जे लाए नि तिम्रो मुहार देख्छु तेस्तै काली

तलबले भ्याउने हैन मासिक बजेट पेश गर्न
पेश्की लिई कति रोज्नु तिम्लाई नयाँ सारी

हिड्नु पर्ने सुटबुटमा बाँध्नुपर्ने टाई पनि
फ्रेन्च कट चाहियो रे उखेलेर बोके दाह्री

भैगो सजाउ तिम्रो सन्सार एक्लै भै अबदेखि
जान्छु फेरी ससुराली आउछे की कान्छी साली


प्रस्तुत गजल अप्रिल फुल मा आधारित भएको जानकारी गराउछु ।




बाँकी यता >>

12 January 2010

गजल

. 12 January 2010
17 प्रतिक्रिया

परिताप मै सम्झौता गरियो कसरी
 नमानेको मनलाई हरियो कसरी

प्रेमको मुलबाटो खोजेर हिडदैथे
 फेशनको बजारमा झरीयो कसरी

किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी

पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी

कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?
बाँकी यता >>

29 December 2009

छुट्नु र जुट्नु

. 29 December 2009
11 प्रतिक्रिया

परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु त छुटनुको मार्माहत स्थितिलाई निम्ताइदियो । मिलनमा सूर्योदयको बिहानी जस्तै लाग्ने र बिछोडमा सूर्यास्तको मलिनो किरण जस्तै लाग्ने जिन्दगीको रितलाई आत्मसाथ गरेर हिड्नु नै मानव जीवनको पहिलो धर्म रहेछ वा भनौ जुट्दा कल्पनाको सन्सार त्यागेर यथार्तमा रमाउनुको मजा अर्कै हुने भने छुटदा कल्पनामा तैरिएका दिर्घकालीन योजनाहरुले बाटो बिराउने हुन् की भन्ने डर । मानव चरित्रका यस्तै जीवन चरित मार्गबाट गुज्रिरहेका यावत परिस्थितिहरुलाई मनको चित्रपटमा उतार्दै रजतपट बनाएर प्रस्तुत गर्दा पाइने अनुभूतिहरूको संगालो जस्तै देखीने रहेछ जीवनको गोरेको मातृभूमी र जन्मथलोमा रमाउन पाउदा । धर्ति भित्रको द्वारमा प्रबेश गर्दा लाग्छ जीवनमा चाहेजति खुसी र हाँसो मिल्यो । बाहिरी मुलुक जतिसुकै सुबिधा सम्पन्न भएपनि असहज लाग्ने मनको बाँधलाई राम्ररी थुन्न उही बुद्धको काख र सगरामाथाको साथ नै चाहिने । सुन्दरताको बर्णन गर्न शेसनागका जिब्रोले नभ्याउने देशका नागरिक हामीलाई अरुको कृतिम सुन्दरताको दृश्यले किन मोहित पार्थ्यो र ?

जति नै अन्तराष्ट्रिय नाम चलेका खाध्य बेच्ने होटल हरु किन नहुन, गगनचुम्बी महल किन नहुन, सफा सुन्दर बातावरणमा गुडीरहेका सफा र चिल्ला कारहरु किन नहुन आफूलाई त्यै मोफसलको गुन्द्रुक, ढेडो, मकै, भटमास खेतमा टक्क बसेको खरको झुपडीमा ओछ्याइएका राडीपाखी र गुन्द्री काम्लो नै प्यारो लाग्ने । सामाजिक सत्कारमा बेरिएको सस्कारले दर्शाएको पारिवारिक शब्दावली नै प्यारो लाग्ने । लाग्छ अब मातृभूमीलाई छोडेर काही जादिन।

मनमा सधै सदाशयता बोकेको समाजमा उदभाव जगाएर बस्नुको मजा छोडेर बैभवको आशा बोकेर मनलाई शब्दसन्धीमा कैद गराई छुटनुको पीडाबोध दयनीय नै हुन्छ । मातृभूमिको माया र पारिवारिक खुसीको दिनचर्यामा आफ्नो कोमल भावना लाई राखेर खुसी भविष्यको सांगलोमा बाँधी कठोर बनेर बिछोडिनु पर्ने विदारक स्थितिले कसको मनमा आन्दोलनको राँको नसल्केला र ? रहर संगै लड्दा लड्दै समयको बाध्यताले कुठाराघात गरेपछी कायरै बनेर भएपनि जन्भूमि छोड्नु पर्ने । जँहा जन्म लिएर आँगनमा बामे सर्न थालियो, तोतेबोली बोल्न सिकियो त्यही आँगनलाई नयनका अश्रु धाराले भिजाउदै निरिह र एक्लो महशुस गर्दै मुटुको एक ढिक्का अनन्तकालसम्मको जीवन साहारालाई आँशु उपहार छोडी बाटो लाग्नु पर्ने कस्तो जीवन यो ? जति अतितले बाटो टाढा पार्दै जान्छ त्यति नै स्मृतिको साँझले पीडाको छहारीमा बास गर्न थाल्छ ।

फेरी मनमनै कल्पना गर्छु समयले बगेका परिताप अनि मुस्कानमय क्षणले फाटेका मनहरुलाई टालटुल गरी सिउनको लागी सबैको मनमा हर्षोल्लासका साथ तम्सिएर नयाँ बर्ष पनि नजिकै आइरहेको छ । एक्लोपनाको आस्था, भरोसामा बिस्वासको दियोले उजेलो पार्ने प्रयास स्वरूप मिलन बिछोड बिचको स्नेह र पारिला कथाहरुमा विपक्ष बनेर आइलाग्ने "बिछोड' लाई नयाँ बर्षले निमिटयान्न पार्न सहयोग गर्दै, मिलनको गाथा बोकेर खिसिक्क दांत देखाउदै झुल्कियोस नयाँ बिहानी अनन्तसम्म नयाँ बनेर । आशा गरौ २००९ ले छुटाएर २०१० लाई जुटाउदा बाँकी बिस्मृतिका क्षणहरुले पार पाउन । विश्वभरी जरो गाडेर बसेको अफवाह, अतिरंजन र उदबेगहरुलाई सिंनित पार्दै गनिमत व्यवहारमा कोविद व्यक्तित्वका बिनयीहरुको बिगबिगी बढोस ।

साथै
नयाँ बर्ष २०१० को सम्पूर्ण ब्लगर मित्रहरु,पाठकवर्ग र समस्त नेपालीहरुमा मंगलमय शुभकामना !!
बाँकी यता >>

11 December 2009

गजल

. 11 December 2009
17 प्रतिक्रिया

बिर्से माया गालि दिए है प्रिय
 बाटो पर्दा पाली दिए है प्रिय

सारेको छु गुलाब तिम्रै लागि
फर्केर पानी हाली दिए है प्रिय

मृत्युशैयामा सुत्न पुगेछु भने
आफैले आगो बालि दिए है प्रिय

चकमन्न रातमा ब्युझाउन आए
सपना सबै टालि दिए है प्रिय

समाजलाई शोक परेको बेला
तिम्ले नि तालि दिए है प्रिय
बाँकी यता >>

21 September 2009

शुभकामना

. 21 September 2009
10 प्रतिक्रिया


बाँकी यता >>

14 September 2009

गजल

. 14 September 2009
11 प्रतिक्रिया

गजलको आँगनबाट टाढीएको पनि धेरै भैसकेछ । एक दुई शेर सम्म त मुस्किलले जुराइन्छ त्यसपछी अडकिन्छ बिचैमा । करिब ५-६ महिना पहिले यो गजलको पूरा रुप (लामो रुपमा) नेपाल प्लसमा पनि प्रकासित भैसकेको छ । आज ब्लगलाई निरन्तरता दिन भनी काटकुट पारेर राखेको छु अलि काँचकाचै जस्तो छ ।


 चोट लिएर पनि बाहीर हाँसियो
 साथै नपाएपनी जीवन बाँचियो

स्वार्थ रोज्नेले आँगन नकुल्चेपनि
रोदनका पीडा मुस्कानमै राखियो

    
वाचा कसमको अतित मेटेर सबै
    भूल यौवनको भनी देउता भाकीयो
         
भेटाउने गोरेटो छुटाउने दोबाटो
सम्झेर मनको बाँध अन्तै सारीयो



बाँकी यता >>

26 August 2009

सिकारु बर्षदिनमा... गोरेटो र ब्लगरहरु...

. 26 August 2009
26 प्रतिक्रिया

हिजो जस्तै लाग्छ बिधुतिय तरंगमा तरंगीदै ब्लगीङ यात्रा शुरु गरी गुगुलको बृहत संसारभित्रको कुनै कणमा प्रवेश गरेको तर चलिरहेको घण्टाघरको घण्टीले बर्षदिनको संकेत गरिसकेछ । बशबिहिन समयको गतिलाई पछयाउदै सिकारु बनि हिडीरहेको यो गोरेटो सँग गाँसिएका बार्षिक साइनोहरु कस्ता रहे ? सिकारु जन्माउन अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने जो कोहिलाई पनि बिर्सन सक्दिन आजको दिनमा ।
जन्म
बिज्ञानको चमत्कारमा होस वा भगवानकै लिलामा सबै कुराहरुमा बाँधक या साधक बनेर कुनै न कुनै रुपमा त्यही मायारुपी किराले आक्रमण गरेको कुरालाई नकार्न सकिदैन । चर्चित तानासाह देखि साधुसन्त सम्म, भगवानदेखि राक्षस सम्म,अनाडी देखि चतुर सम्म सबैको जीवनलाई कुनै न कुनै रुपले यो मायारुपी लहरोले बेरेकै छ । मेरो जीवनमा पनि तेस्तै भयो जसले सिकाइन माया गर्न, मिलनमा रमाउन अनि पीडा भुल्न उनैले फेरी तिनै कुरालाई उल्ट्याइदिइन । मायामा मेरो अबुझपन र कच्चापनलाई औल्याउदै नामलाई पुच्चर भिराएर जसले छोडिन त्यही बेचैनीलाई पछयाउदै गोरेटो जन्माए मैले पनि । प्रेमका इतिहासका (मिलन वा बिछोडमा) पानाहरुमा जस्तो मोनालिसा, ताजमहल या रानीमहल जस्ता महान कार्यहरु गरेर त्यो क्षणलाई अमर राख्न नसकेपनि सानो गोरेटो बनाएर हिडने दुस्साहास गर्न अभिप्रेरित गर्‍यो अतितले मलाई अनि न्वारन भयो सिकारुको फगत अन्त्यहिन प्रेमको नामलाई स्वीकारी बर्तमान सँग रमाउन । नाम सँगको फूर्कोले आधा दशक पुरा गरेपनि ब्लगमा औपचारिक रुपमा भर्खर एक बर्षको बालक भाएछ सिकारु ।
उत्प्रेरणा र मार्गदर्शन
एक हिसाबले सोच्दा मैले ठिकै पनि गरे जस्तो लाग्छ । सानो समयको अन्तरालभित्र यतिका साथी-संगीहरुको माझमा रमाउने अनि सिकारु बनेरै धेरै कुरा सिक्ने अवसर मिल्यो मलाई । जाबो एउटा बिछोडको लागी यति गर्नुपर्ने त के नै थियो र ? यो त जीवनको प्रकृया नै हो भन्थे शुरु शुरुमा त तर आज समयको घडी संगै बहकीदा लाग्छ मलाई सिकारु बनाएर जानेले अर्को मन भुलाउने अनि बेदना पोख्ने र कहिलेकाही रमाउने अवसर पनि दिलाएर गइन । त्यही कच्चापन र अबुझपनको भागदौडमा जन्मीएको गोरेटोले आज बषदिनको यात्रा पुरा गरेको छ ।
शुरुका दिनहरुमा निरन्तरता दिने कुराले अल्मल्यायो पनि । एक हप्ते खजाना लिएर उपस्थित हुने वाचाले अहिले कहीलेकाही दुई हप्ता पनि पुग्ने गरेको छ तर जे होस बेलामौकामा अर्धबिराम लागेपनि पूर्णबिराम भने लगाईसकेको छैन यो गोरेटोलाई । साहित्यिक र उच्च हस्तीहरुका बिचमा म कसरी उँभिन सकुला र जस्तो पनि लागेको हो । नगन्य रुपमा प्रकासित हुने मेरा झारेझुरे रचनाले के म यो गोरेटोमा टिक्न सकुला र जस्तो पनि नलागेको होइन तर जे होस मित्रहरुको हौसला, सुझाव, सल्लाह र प्रोत्साहनले आजसम्म हातेमालो गर्ने अवसर मिल्यो मलाई । त्सैले तपाईहरुको मार्गदर्शन नै मेरो अतित भुलेर बर्तमान खोतल्ने करौति भएको छ ।
यही ब्लगको शुरुवात संगै तपाइहरुले बर्षाएका कोशेलीहरु र पोका-पन्तेराहरुको त जति तारिफ गरेपनि कमै हुन्छ । तैपनि बर्षदिनको यो घडीमा एकपटक फेरी घुम्न मन लाग्यो बार्षिक सेरोफेरो ।
ब्लगको दुनिया चाहार्ने क्रममा पहिलो पटक को छिराइमा मोहित गराउन सफल भोजपुरे ब्लगका चन्द्रबान्तवा राई संगको सहयात्रा र ब्लग उब्जाउन उत्साहित गर्ने चौतारीका संगम संगको मिठो भलाकुसारी नै उत्साहको शिखर बन्नपुग्यो । ब्लग ब्यानर बनाउन भरपुर सहयोग गर्दै प्रफुल्लीत पार्ने बी जे दुम्माली र गोरेटो कोर्न उत्साहित गर्ने चौतारीका संगम प्रति हार्दिक् आभार ।
गोरेटो र सहयात्रीहरु
नेपाली ब्लगरहरुको भबिष्यलाई सुनिश्चित गर्न कम्मर कसेर आगाडी बढदै पहिलो अनलाइन ब्लगर बेला सम्पन्न गरेर एउटा नमुना बन्न सफल दौतरीको जति तारिफ गरेपनि कमै हुन्छ तैपनि एकपटक फेरी सफलताको शुभकामना । ब्लगीङ यात्रामा सम्पूर्ण मर-मसलायुक्त खजानाहरुको जानकारी दिदै नियमित सहयोग गर्दै गोरेटो धाउने आफ्नै बिचार अभिब्यक्तीका ब्ल. गुरु दिलीप आचार्य, लामो समयदेखि ब्लग चलाउदै यथेष्ट जानकारी सहित रमाइला अनि चौतर्फी कुराहरुलाई साथमा लिएर चारैतिर पुगी हौसला दिलाउने बसन्त गौतम, गल्तिलाई पूर्णबिराम लागाउन सहयोग गर्दै भाषागत त्रुटीमा पनि खबरदारी गराउने केफ मंगलका जोतारे धाइबा (जीवन कार्की), साहित्यलाई सर्वत्र फिजाउदै बिभिन्न सुगन्ध लिएर आउने साहित्य संसारका दीपक जडीत, ब्लगमा रमाउन उत्साहित गर्दै निरन्तर सहयोग गर्ने आफ्नै संसारका बेदनाथ (उमेश), तस्बिर बाटै संसार झल्काउने फोटो यात्राकी सुजन आचार्य, आफ्ना भावनालाई बिभिन्न आकारमा प्रस्तुत गर्दै नयाँ-नयाँ सहयोग गर्ने आकार पोस्ट का आकार, उच्च प्रतिभा बोकेर कुटीमा रम्दै कहिलेकाही कुटीको झ्यालबाट गोरेटो चियाउने कुटीकी कैलाश, गफगाफ संगै रमाइला प्रस्तुति सहित लहरिने रोचक गफगाफका प्रवेश पौडेल (उजेली), आफ्नै पलहरुमा खेल्दै नियमित मिठा सुझाव र सल्लाह दिने आफ्नै पलहरुका बी. जे. बान्तवा दुम्माली, साहित्यका सुवास छर्दै मन्त्रमुग्ध पार्ने साहित्य संसारका बिमल गौतम, साहित्य साधनालाई साथैमा लिएर नयाँ-नयाँ खुराक दिने साधना शर्मा । यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहछु
यसरी नै अमूल्य रायहरु पोख्दै सिकारुलाई हातमा हात मिलाएर माथि उठाउन आउने सपना संसारमा रमाउदै हिडने सपना संसारका प्रदीप श्री, आफ्नै संगहका मिलन लम्साल, ब्लगको दुनियालाई एकत्रीत गरी एउटै छाता ओढाउन खोज्ने दौतरीका सम्पूर्ण टीम, कम्प्युटर सम्बन्धी जानकारी पस्केर राहत प्रदान गर्ने कम्प्युटर नेपाली का कृष्ण पोखरेल, रमाइला पक्षहरु समेटदै भबिष्यका सपनाहरुलाई जिवित राख्न सिकाउने नेभर स्टप ड्रीमिङ का दिपेन्द्र, अँधेरी रातलाई कुर्दै उज्यालो पर्खने कृष्णपक्षका कृष्ण थापा, चेतनाका भावहरुलाई पोखेर यथार्तमा रम्ने चेतनाका दूर्जेय, आफ्नै बिस्वासकी आशा गुरुङ, छोटा तर मिठा प्रस्तुती कोर्ने दीप श्रेष्ठ, कहिले चिसो त कहिले तातो हावामा मडारिने हाम्रै नेपालका हावा, यात्रालाई साहित्यमा रुपान्तरण गर्ने यात्राका सुस्केराका दिनेशराज, नेपाली मनका शिव प्रकाश प्रति पनि धेरै-धेरै धन्यबाद । त्यैगरी फूर्सदको समललाई खेर नफाली सिकारुलाई सुझाव दिन आउने अन्त्यहीन शुरुवातका चूडामणि भट्टराई, ब्लगलाई निरन्तरता दिन जोस्याउने गुल्मि दर्शनका सन्जु मगर ट्रेकीङकी रस्मिन, साहित्य बिचार र बिबिधका अर्जुन दुङमेन, जिन्दगीका तितामीठा पानामा रम्ने बिमल, बिचार र स्वतन्त्रता मञ्चका गोकुल ढकाल, आफ्नै आवाजका केशब घिमीरे, अन्तर बिचारका कलमबिर घोताने, छुट्टै पहिचानका समीर, कटुवालका मदन, अजबगजबका एन. के. एम., वियोगमा छहारी धाउने सार्थक सिम्खडा, संगमका प्रबिण थापा, नुवाकोटका सिताराम वस्ती, सहपाठी बनेर आउने कीरण राई, दौतरीका नेपालियन, प्रतिभाका धनी शेखर के सी, माउरोका साथीहरु, यात्राका सुमीरान,अनलाइन खसखसका राजेश यस्तै सहयोगको राहत स्वरुप सिकारुमा प्रवेश गर्ने द किराँत नयाँ प्रवेश भाई, बिचारका आकाश लगायत बेला-बेलामा रचना पठाएर सहयोग गर्ने छबिलाला दाजु साथै गोरेटो सँग सम्बन्धित सम्पूर्ण फलोवर्स, फेसबुकबाट जोडीने आदरणिय मित्रहरु लाई पनि बिशेश आभार गर्दै नाम लेख्न छुटेका ब्लगरहरुप्रति पनि क्षमा माग्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु । ईमेलमा उस्काउने साथीहरु, भेटमा जोश दिने साथीहरु र अन्जानमा कोही छुटन गएकोमा वहाँहरुलाई पनि बार्षिक यात्रामा साथ दिनुभएकोमा धन्यबादका शब्दहरु समर्पित गर्न चाहन्छु र उल्लेखित सबैबाट आउदा दिनहरुमा अझ बढी माया हौसला र गल्तिहरुमा पूर्णबिराम लगाउन सक्ने तार्किक
प्रतिक्रियाहरुको अपेक्षा राख्दछु । happy blogging ....
बाँकी यता >>

12 August 2009

प्रतिबद्धता (लघुकथा)

. 12 August 2009
13 प्रतिक्रिया

कथामा चोटिला र पेचिला द्वन्द्व सहित उत्कृष्ट कलामा प्रस्तुत गर्न दिलीप दाईका लघुकथा मा अति यथार्त अनि सच्चाई पाइन्छ । बर्षा हिउँद जस्तो समय पारेर म पनि कहिलेकाही रमाउन पुग्छु लघुकथामा । गैरमुलुकमा रहदा पनि संगी-साथीहरु बिच नराम्रो सँग जरागाडीरहेको एउटा तितो सत्यरुपि कुरालाई लक्षित गर्दै कथा लेख्न झक्झक्यायो यो परिवेश अनि समयले मलाई । बाँकी कथाबाटै...
सधै झै आजपनि उठेर काममा जानुपर्ने बेला भैसक्यो । शरीर शिथिल भएको छ । नसुत्नुको कारण टाउको झन्झनी दु:खेको छ । आँखा खुलेको छैन । बजिरहेको अलार्मलाई २० मिनेट बढाई फेरि निदाउने कोशिस गर्छ उ ।
२० मेनेट पछि फेरि अलार्म बज्छ । निदाउनै लागेको बेला बजेको आवाजसंगै उठछ सकी-नसकी । एक त हिजो तास खेलेर पैसा हारेको टेन्सन दोस्रो काममा जान ढिला भैसकेको बेलालाई मनन गर्दै हत्तपत्त मुखमा पानी छ्याप्दै २ टुक्रा पिरो खुर्सानीको भेडी खल्तिमा बोकेर बजिरहेको गाडीको हर्नलाई भेट्टाउन पुग्छ । डयुटीमा पुगेपछि अबेर हुनुले म्यानेजरको टीका-टीप्पणी त छदैछ फेरी रातभरीको अनिद्राको कारण निद्राले पनि उत्तिकै सताइरहेको छ जब निद्राले झुप्प-झुप्प पार्छ खल्तिमा भएको पिरो खुर्सानीलाई करयाम्म टोक्छ । त्यही पिरोलाई आधार बनाउदै निद्रा भगाउदै काम गर्छ । सोच्न शुरु गर्छ । "म यति टाढादेखि गाउँघर र देशलाई छोडेर २-४ पैसा कमाउने ध्येय लिएर रातदिन पसिना बगाउछु परिवार अनि उनैको सम्झनामा । यसरी सधैको बर्बादिमा कति बस्नु? म यो जीवनको उद्देश्य पन्छाएर किन बौलाइरहेको छु ।" यस्तै कुरा सोच्दै अब आइन्दा तास जुवा तथा अनैतिक काम नगर्ने प्रतिबद्धता सहित घर फर्किन्छ । आवसमा आउछ । फ्रेस हुन्छ
साथीहरुको चाला उहि छ । तेरो मेरो भन्दै लडाउदैछन तासका पत्त्तिहरुलाई । मुखमा रयाल चुहाउछ आज त हिजो हारेको पैसा उठाउनै पर्छ भन्नेकुरा सोच्छ । त्यो उठाएपछि कहिल्यै नखेल्ने नयाँ प्रतिबद्धता जनाउदै फेरि बस्छ। एकछिन भन्दाभन्दै रात बितिसक्यो उजेलो भयो हिजोको पैसा उठने त कुरै छोडौ आज पनि चुना लाइसकेको छ धेरै नै । मोबाइलको घण्टी बज्छ । उठाउदैन, धेरै पटक नै भएपछि बिस्तारै उठाएर कुरा गर्छ । परिवारको फोन हुन्छ । एकैछिन कुरा गर्छ । गर्दागर्दै आफूले एकैछिनपछि कल् ब्याक गर्ने प्रतिबद्धता जनाउदै राख्न लगाउछ ।
अबत डुयुटीमा जने बेला पनि भै सक्यो । गएन भने हिजोको म्यानेजरको भर्वल वार्निङ पाइसकेको छ । जुरुक्क उठेर बाथरूम पस्छ नुहाइवरि बिस्तारामा बसेर सोच्न शुरु गर्छ । धत यसरी बिग्रेको ब्रदि जस्तै भएर कति दिन म यो मरुभूमि संग पाकेर बस्ने ? बिचरा हिजो सुन्तलिले तार गर्दा पनि बोल्नै नदिई राख्न लगाए । कमाई हुने अलि अलि तलब पनि हारेर के पठाउने घर ? कान्छा साहुले हालीदिएको ऋण बढाएर कति पुरयाउने हो था छैन । आमालाई कति दु:ख दिएको होला त्यसले । पारिवारिक सोचमा डुब्छ, भावुक बन्छ अबदेखि नखेल्ने बाचासहित दराजबाट एउटा डायरी निकाली सम्पूर्ण वाचा सहितका प्रतिबद्धताहरु पानामा उतारि त्यही दुई टुक्रा खुर्सानी गोजिमा राखेर कामतिर लाग्छ । काममा गयो ढिलो नभएको कारण आज केहि सुन्नु परेन । दिनभर पिरोलाई साहारा बनाउदै सकायो त्यो दिन अनि आवासमा फर्कियो ।
कोठामा आयो । साथीहरु गुजुमुज्ज परेर खेल्दै रमाउदैछन । यसो सोच्छ, बिहानको वाचा-कसमका प्रतिबद्धताहरु । दराजबाट बिहान प्रतिबद्धता जनाई लेखेको डायरी निकाल्छ । दुई लाइन थप्छ ।
"आज अन्तिम दिन मात्र भोलि देखि पक्का खेल्दिन"
त्यसपछि डियुटीको युनिफर्म सँगै हातभरि तास समाएर बस्छ ।
बाँकी यता >>