26 August 2012

सिकाइका चार बर्ष

. 26 August 2012

समय चक्रको गतिलाई पछ्याउदै यो सिकारुको पाइला बनि हिडेको गोरेटोले चौथो बर्षलाई पनि औपचारिकताको हिसाबले पार गरिसकेछ।कछुवाकै चालमा भएपनि गोरेटोका अनुभूति र कल्पनाका बिचारहरुलाई आजसम्म जोगाइराख्ने अवसर पाए।पूर्णबिरामको संघारमा आइपुगेको सिकारुलाई अल्पबिराम लगाउदै भएपनि यहाँहरुको हौसला र बेलाबेलामा लाग्ने प्रश्नवाचक संकेतलाई छोप्दै गोरेटोलाई भरथेग गरि अहिलेसम्म हिडिरहने प्रेरणा मिल्यो।आरम्भदेखी हालसम्म ब्लगमा दर्शिएका लेख,रचना तथा कथा र कल्पनाका सिर्जनाहरुमा यहाँहरुले दिएको गाली र तालीको प्रसंसा जति गरेपनि कमै भएको मान्छु म।
के पाए? के गुमाए? धेरै पाए केहि गुमाइन। तरंगको आत्मियता र सामिप्यता बढाए त्यहि फुर्सदको डुलि हिडने समय चढाए।प्रबिधिदेखी प्रकृतिसम्म,संस्कृतिदेखी बिकृतिसम्म अनि ब्लगर मनोभावदेखी राष्ट्रिय जनभाव सम्मका सबैखाले प्रस्तुतिका अनुभवहरु संगाल्ने अवसर पाए भलै निरन्तरताको कसीलो डोरी समाएर सबैका लेख रचनाहरुमा बाधीने साइत नजुरे पनि फुर्सदमा ब्लगमा भिडने प्रयास चाहि जारि नै राखियो तर प्रारम्भिक मनोगत योजनामा अडिग रहन भने सकिएन।हप्ता या दुई हप्तामा चिन्तन टाँस्ने योजना मासिक रुपमा पनि पुगेको छ तर जे होस फूर्सदको समयलाई सदुपयोग गरेरै भएपनि उब्जेको यो आनन्दमय क्षणलाई अक्षुण राख्न अरु केहि सक्रियता बढाउने मानसिक सोच भने बढेको छ। यो अवधिमा मलाई जन्मन,बामे सर्न, जरा हाल्न अनि फल्न,फूल्न सहयोग गर्ने ब्ल.गुरुदेखी बिधुतिय सञ्यालमा जोडिनुहुने सबै आत्मिय मित्रजनहरुको जति तारिफ गरे पनि कमै हुन्छ। हुन त मलाई आज यो दिनमा सबैको नाम सम्म भएपनि कोर्ने ईच्छा थियो तर समेटन सकिन।  मेरो गोरेटोमा पाइला टेक्दै सुझाव,सल्लाह,हौसला,खबरदारी,गाली र तालि दिनुहुने सबैमा मैत्रिभाव जगाउदै धन्यबाद प्रकट गर्दछु। बिगतमा छाप बनेर बसेका  नामहरुले मलाइ झस्काइरहेछन । आक्षरिक सम्झनामा समेटदै सबै ब्लगर मित्रहरुलाइ मानसिक सम्झनाले झन बढि याद दर्शाउन चाहन्छु। हाम्रो साथ सधै अटुट र अमिट बनिरहोस। कामना.................

मेरो ब्लगलाई आफ्नोमा समावेस गर्दै उत्साहको नयाँगमन सहित पहिलो  प्रतिक्रिया जनाउने  आफ्नै कुराका बेदनाथ पुलामिको(उमेस) को  शब्दले अझै आकर्षण गर्यो र शुरु गरे मौलिकतामा ब्यक्तिगत बिषय बस्तुको उठान गर्दै ब्लगमा रमाउन । गोरेटोमा हिडेपछि ब्लगर मित्रहरुको उच्च हौसला , सुझाव र मिठा प्रतिक्रियाले यहाँसम्म आइपुगे  तर   कर्मयोग भनु या बाध्यता कहिलेकाही लेख्ने अभीप्सा हुदा हुदै पनि ब्लगमा अर्धबिराम लगाउनु पर्दा नमिठो लाग्छ । आफ्ना अग्रज मित्रहरुको सहयोग र हौसलाबाट मलाई आफ्नो सिर्जनात्मक शक्तिलाई सशक्तिकृत  गर्न सहयोग मिलेको वास्तविकतालाई म कहिल्यै नकार्न सक्दिन । ब्लग शुरु गर्न उर्जा थप्ने चौतारिका संगमको हौसला , प्राविधिक सहयोगमा ब्लग ब्यानर बनाउदै सधै मनोबल बढाउने भोजपुरे ब्लगका चन्द्र बान्तवा राई र बि जे दुम्माली जी लाई चाहेर पनि बिर्सन सक्दिन म । साथै थालनि देखि अहिले सम्म पनि हरेक परिस्थितिमा ब्लग दुनियामा नयाँ-नयाँ खोजमा ब्लग अवधरणा प्रस्तुत गर्दै पारस्पारिक सहयोग बाँडदै ब्ल. गुरुमा सुपरिचित नाम दिलीप आचार्य दाजु जी को चौतर्फी सहयोगको जति प्रसंसा गरे पनि कमै  भएको ठन्छु म । अनि ब्लग जगतको आत्मबल बढाउदै बिश्वभरिका नेपाली ब्लगरहरुलाई एउटै सूत्रमा बाँध्न हरदम प्रयासरत दौतरीको सामुहिक प्रयासलाई पनि सलाम नठोके मनले मान्दैन । मेरो परिचयलाई  फिजाउदै ब्लग भित्र ब्लगमा  सिकारु भनि आमन्त्रित गरेर मिठो बहस प्रस्तुत गर्ने दौतरी प्रति यो दिनमा फेरि पनि  बिशेष आभार ।

तरंगको यो अवधिमा ब्लगकै माध्यामबाट मलाई सधै नैतिक बल,अनुभव र आधुनिक परिपाटिमा जम्न सिकाउदै यथेष्ट मनोबल बढाउने अब्बल दर्जाका माननिय ब्लगर ज्यू हरु  शब्दका  जोतारे धाइबा, आँगनका    बसन्त गौतम,साहित्य घरका दीपक जडित,आकार पोस्टका अनिल घिमिरे, कुटिकि कैलाश राई,गफगाफका प्रवेस, अषेश पौडेल , कृष्णपक्षका  कृष्ण थापा , चेतनाका दूर्जेय , खुल्लामञ्चका गोकुल ढकाल ,फोटो ब्लगकी सुजन आचार्य,नेपाली  मनका शिब प्रकास ,सिलिचुङका बिमल गौतम ,सपनाका दिपेन्द्र कुमार झा ,कम्प्युटर नेपालीका  कृष्ण पोखरेल , यात्राका सुस्केराका राज दिनेश, गुल्मि दर्शनका सन्जु मगर ,आफ्नै बिश्वासकी आशा गुरुङ ,हाम्रो नेपालका हावा , वर्ड फलो का दीप श्रेष्ठ,मनको कुराका मिलन लम्साल , अनलाइन खसखसका राजेश नतांस ,अजबगजबका नबिन,शब्दतरंग ,आफ्नै सपनाका प्रदिप स्रि,बियोगका छँहारिका सार्थक सिम्खडा ,संगमका प्रविण थापा,म अनि मेरा पलहरुका दुम्मालि बि जे, मानुष डायरिकि मनु ठाडा ,अन्त्यहिन शुरुवातका चुडामणी,यँहाहरुकै सहपाठीका किरण राई,बिजय श्रेष्ठ, गुरु केदार बराल ,आँगन  एस के परि,  ,शङ्कर लामिछाने स्मृति घर, रत्न संसार श्रेष्ठ, घामपानीका कहानी, नेपाली भाषाका ब्लगहरू,शखदा साहित्य,भावना यात्रा, नेपालको सम्झना,साहित्यजीवनको निम्ति, मेरो बाटो, आश्मा ,द एरिजोना नेपाल,स्वप्निल संसार, दिपा, कार्बन केमिस्ट्री, साधना शर्माअन्जलि, अर्चना श्रेष्ठ, बर्षा , र ददि सापकोटाको नेपाल प्लस जस्ता हस्तिहरुमा म सधै कृतज्ञता ब्यक्त गर्दछु ।

यसै गरि  ब्लग जगतमा परिचय बनाउदै छिर्नु भएका सम्पूर्ण नव आगन्तुक मित्रहरुलाई पनि मेरो स्वागत तथा शुभकामना छ। बिशेष गरि अन्य म छिर्ने घरहरुमा दु्र्गा अधिकारी , जीवनका मोडहरु , शब्द संसार ,जय साइराम,जीवनका तिता मिठा अनुभवहरु, मेरो दुँनिया, माकर अनलाइन,अनुकुल संसार, मेरो प्यारो संसार,भुवन,साँखू अनलाइन,स्याम दुलाल,प्रकाश शोशित,प्रज्वल,केशबराज अधिकारी, देबराज,राजा पुनियानि ,युवा आवाज ,म नेपाली,साँचो जीवनको यात्रा,शेर र सायरी,क्या मज्जा  ,कवि चाम्लिङको संगितिक चौतारी,भेडाको उनजस्तो,मझेरी, रविजीवनका मोडहरु,कृष्ण गिरि,नेपाली गजल , जिजीविषा जस्ता ब्लगहरुको पनि पारखी भएको छु ।

मेरो सम्झना शक्तिले भ्याएसम्म मैले यो ब्लगको दोस्रो बर्षको सम्झनास्वरुप सम्पूर्ण मित्रहरुलाई समेटने प्रयास गरेको छु । कारणवश कसैको नाम समाबेश हुन सकेको छैन भने माफ पाउ । बेलाबखत रचना पठाएर सहयोग गर्ने छबिलाल जी, लगातार छिर्ने दिनेस पराजुलि,मनोज,कोष प्रसाद र अन्य सबैको सहयोगको लागि मुरी-मुरी धन्यबाद, साथै फेसबुक मित्रहरु र अनलाइन मार्फत जोडिनुहुने सबैमा आभार ! आउदा नयाँ दिनहरुमा पनि सबैको यसैगरी सुझाव,सल्लाह र प्रतिक्रियाहरु बटुल्न पाउनेछु भन्ने पूर्ण बिश्वास पनि राख्दछु ।  Happy Blogging…………………………………..

2 प्रतिक्रिया:

सूर्य/सिकारु said...
This comment has been removed by the author.
दिनेश राज said...

यो चारबर्षलाई हार्दिक बधाइ । आगामी दिनमा पनि यहाँ र यो ब्लगसँग को नाता अटुट रहनेछ भन्ने आशा अनि शुभकामना ।

Post a Comment