श्यामलालले करिब पाँच वर्ष भैसकेछ यो संस्थामा काम गर्न लागेको पनि । घर धान्न देखि लिएर घर ब्यवहार, ईष्टमित्र, नातागोता सबैको भार आफ्नै टाउकोमा लगाउनु परेको छ । ६ जनाको पारिवारमा गाउका पाका पुराना ईज्जतसाथ बसेका मान्छे । अत्यधिक आधुनिकताले गाँजेको बेला भएर होला श्यामलाल पनि ढल्दैछन त्यो समयसँग नचाहरै भएपनि ।
त्यसो त उनी जागिर बाहेक परिवारसंग आफ्नै करेसाबारिमा सागसब्जि पनि उत्पादन गर्छन् । जायदात पनि अलि कमै भएका मान्छे भएपनि गाउघरको जनजिब्रोमा निकै ईमान्दारिता बोकेका मान्छे । "यो नोकरि गर्न लागेको पनि पाँच वर्ष भैसकेछ । बढुवाको आस गर्दागर्दै यतिका समय भैसक्यो । हाकिमले मन नपराएको पनि हैन । त्यो मदनलाललाई( संस्थामा आफूभन्दा उपल्लो स्तरका कर्मचारी) सरुवा गर्ने कुरा त चलाएकै छन् हाकिम साबले । त्यसपछि त आफ्नै पालो हो । हुन त यो बहुसङ्ख्यक बेरोजगारिको अखडामा रोजगारि पाएकै छु । जागिरको लागि महिनौ लगाएर मरिमेटेको तिक्तता पनि भोगेकै हो कति लोभिनु ?" यस्तै यस्तै विगत देखी बर्तमान सम्म सम्झदै राहतको मस्यौदा तयार पार्छन् श्यामलाल ।
नभन्दै आखिर त्यो दिन पनि आयो ।मदनलाललाई बढुवा गरेर पठाइदिए हाकिमले । श्यामलाललाई उपल्लो तहमा स्वागत गर्दै आफ्नो (पहिलेको श्यामलालको पद) पदपुर्तिका लागि उनैलाई एउटा ईमान्दार र स्वाभिमानि व्यक्ति खोज्ने जिम्मा पनि सुम्पिए हाकिमले । यसले धेरै समय पछि श्यामलाललाई राहत मिलेको अनुभूति भयो । परिवार सँग खुसी मनाए। गाउघर समाज टोलतिर उनैको चर्चा भयो। फेरि अर्कोतिर आफ्नो ईमान्दारिताको फलले गर्दा एउटा नयाँ मान्छे खोज्ने अवसर पनि मिलेकोमा दङ्ग छन् उनी। यसो समाजको यताउता आँखा घुमाए। फेरि सोचे हाकिम साब अलि प्रखर किसिमका मान्छे । जस्तोसुकैलाई त जागिर लगाउनु पनि भएन । उनको मनमा झट्ट एउटा नाम याद आयो। त्यो भाइको छोरा नारने( अलि उरन्ठेउलो हुनाले नारनलाई नारने भन्छन उनि) काम नपाएर घुमिराछ । एक पटक त खुवाको पनि हो जागिर मातेर हिडयो तर जे भएपनि आफ्नैलाई लगाउन पाए बिग्रेको पारिवारिक सम्बन्ध पनि सप्रने अनि उसको पुनर्रउत्थान पनि हुने । यदि हाकिम साबले कुरा खानु भयो भने राम्रै हुनेछ भन्ठानेर नारनेलाई नै जागिरमा फोर्स गर्ने बाचा सहित निदाउने कोसिस गरे त्यो रात ।
करिब आधा दशक काम गरेका पाका पुराना मान्छेको कुरालाई काटने कोसिस गरेनन हाकिम साबले पनि । यदि तिमिले ठीक छ र काममा पनि ईमान्दरिता देखाउछ भन्छौँ भने भोलिदेखी नै काममा बोलाउँ । धेरै दिन भैसक्यो काम थुप्रिएको छ तिमीलाई थाहै छ । हाकिमको कुरा सुनेर खुसी हुदै श्यामलालले नारनेलाई अर्को दिन देखि नै काममा बोलाए । बाबु छोरा संगसंगै अफिस जाने आउने गर्न थाले । केहि दिनमै दुई घरको पारिवारिक सम्बन्ध पनि सुधारिदै गयो । वरपर छरछिमेकले पनि गुनगानका नयाँ कुराहरु गाउन थाले। श्यामलालाई यस्तो खुसी जीवनमा पहिलो पटक मिलेको छ ।
(करिब तिन महिना पछी)
श्यामलाल विचारमा पर्दैछन आजभोलि । खै के भाको होला ? काम पनि गरेकै छु राम्रै सँग हिजो हाकिमले मलाई किन यति सारो गालि गरेको होला? गल्ति पनि त भए जस्तो लाग्दैन । के त्यो नारनेले पो बिरायो कि ? केहि समय भयो हाकिम र नारने निकै नजिक भाका छन् तर के भयो र आफ्नै केटो त हो मिलोस् न मलाई त राम्रै त हुने हो नि । सोच्दासोच्दै भुसुक्कै निदाएछन ।
समय बित्दै गयो । जति पछि भयो उति हाकिमको आँखामा गिर्दै गएको आभास भएको छ श्यामलाललाई आजभोलि । केहि दिनपछी नयाँ पोस्टमा काम गर्न असक्षम भन्दै बढेको पद घटाई पहिलेकै पदमा काम गर्न आग्रह गर्दे नारनेलाई उपल्लो तहमा काम लगाए हाकिमले । फेरि दोधारमा परे श्यामलाल । हुन त काम अलि कडा नै भएपनि चलाएकै थिए बरु त्यो नारनेले त कुरा बिगार.............. धत् म पनि कस्तो सोचेको ? निसन्देह काम लगाएको हुँ । गलत सोच्नु राम्रो होइन । मन सम्हाल्दै पु:न पुरानै काम सुरु गरे । यो बेला सम्म नारने र हाकिमको निकै जमेको छ । आफ्नो मान्छेको प्रगति देखेर दङ्ग छन् उनि । जे होस मेरो नारने ले हाकिमको मन जितेको छ मेरो पनि केही हुन्छ छिट्टै फेरि ।
नारनेलाई जागिर लागाएको केही महिनापछि हाकिमले श्यामलाल लाई आफ्नो अफिसमा बोलाए । नारन सरको अनुसार तपाईको असक्षमता र अस्वभाविक कृयाकलापले गर्दा यो संस्थामा काम गर्न अयोग्य ठहरिनुको कारण आजसम्मको हिसाबकिताब चुक्ता गरिदै जागिर निकाला गरिएको जानकारी गराउन चाहन्छु। तपाइका नयाँ दिनहरु शुभ रहुन ।
हाकिमको यो कुरा सुनेर आफ्नै नारनेको अनुहार तिर पुर्लुक्क हेर्दै पर्पुरो समाउदै आफ्नो
ईमान्दारितामा आफ्नो आफन्तले दिएको फल सम्झेर पाएको केही रकम बगलिमा हाल्दै घरतिर पाइला सार्छन श्यामलाल ।
बाँकी यता >>