अस्ति भर्खर जस्तो लाग्छ ब्लगको झन्डा उत्तोलन गर्दै आरम्भको दियो बालेको तर समयले २ बर्ष पुरा गरि तेस्रो बर्षमा पुरयाइसकेछ । शुरुका दिनहरुमा ब्लगले निरन्तरता नपाउला कि ? या कसरी र कुन रुपबाट ब्लग लेख्न सुरु गर्ने भन्ने चिन्ताले नसताएको पनि होइन तर मित्रहरुको न्यानो माया, सुझाव र यहाँहरुकै उत्प्रेरणाले गर्दा यो अवधि पार गर्ने अवसर मिल्यो मलाई । शुरुवाति पाइला जसरी अगाडि बढयो त्सको दाँजोमा समय र परिस्थितिको कारण पछिल्ला दिनहरुले निरन्तरता पाउन त सकेनन तर पनि ढिलै भएपनि अपडेट गर्ने जमर्को गरि नै रहे । मलाई अहेले पनि त्यो दिन सम्झदा हाँसो उठेर आउछ। ब्लगको सुरुवातमा केहि लेख्न नसकेर नेपाल प्लस मा प्रकाशित भएको तिजको नाँचगाँनको फोटो चोरेर( बिना जानकारी) आफ्नो पहिलो पोस्टमा टाँसी नाक फुलाको। पछि धेरैको ब्लगमा चाहारे पछि मात्रै थाहा भयो ब्लग भनेको मैालिकतालाई समय खर्चेर सिर्जनाको छँहारिमा रमाउने भावहरुको भकारी रहेछ भनेर । अनि शुरु गरे जानि नजानि कलम समाउदै ब्गका भित्ता रंगाउन ।
मेरो ब्लगलाई आफ्नोमा समावेस गर्दै उत्साहको नयाँगमन सहित पहिलो प्रतिक्रिया जनाउने आफ्नै कुराका बेदनाथ पुलामिको(उमेस) को शब्दले अझै आकर्षण गर्यो र शुरु गरे मौलिकतामा ब्यक्तिगत बिषय बस्तुको उठान गर्दै ब्लगमा रमाउन । गोरेटोमा हिडेपछि ब्लगर मित्रहरुको उच्च हौसला , सुझाव र मिठा प्रतिक्रियाले यहाँसम्म आइपुगे तर कर्मयोग भनु या बाध्यता कहिलेकाही लेख्ने अभीप्सा हुदा हुदै पनि ब्लगमा अर्धबिराम लगाउनु पर्दा नमिठो लाग्छ । आफ्ना अग्रज मित्रहरुको सहयोग र हौसलाबाट मलाई आफ्नो सिर्जनात्मक शक्तिलाई सशक्तिकृत गर्न सहयोग मिलेको वास्तविकतालाई म कहिल्यै नकार्न सक्दिन । ब्लग शुरु गर्न उर्जा थप्ने चौतारिका संगमको हौसला , प्राविधिक सहयोगमा ब्लग ब्यानर बनाउदै सधै मनोबल बढाउने भोजपुरे ब्लगका चन्द्र बान्तवा राई र बि जे दुम्माली जी लाई चाहेर पनि बिर्सन सक्दिन म । साथै थालनि देखि अहिले सम्म पनि हरेक परिस्थितिमा ब्लग दुनियामा नयाँ-नयाँ खोजमा ब्लग अवधरणा प्रस्तुत गर्दै पारस्पारिक सहयोग बाँडदै ब्ल. गुरुमा सुपरिचित नाम दिलीप आचार्य दाजु जी को चौतर्फी सहयोगको जति प्रसंसा गरे पनि कमै भएको ठन्छु म । अनि ब्लग जगतको आत्मबल बढाउदै बिश्वभरिका नेपाली ब्लगरहरुलाई एउटै सूत्रमा बाँध्न हरदम प्रयासरत दौतरीको सामुहिक प्रयासलाई पनि सलाम नठोके मनले मान्दैन । मेरो परिचयलाई फिजाउदै ब्लग भित्र ब्लगमा सिकारु भनि आमन्त्रित गरेर मिठो बहस प्रस्तुत गर्ने दौतरी प्रति यो दिनमा फेरि पनि बिशेष आभार ।
यसै गरि ब्लग जगतमा परिचय बनाउदै छिर्नु भएका सम्पूर्ण नव आगन्तुक मित्रहरुलाई पनि मेरो स्वागत तथा शुभकामना छ। बिशेष गरि अन्य म छिर्ने घरहरुमा दु्र्गा अधिकारी , जीवनका मोडहरु , शब्द संसार ,जय साइराम,जीवनका तिता मिठा अनुभवहरु, मेरो दुँनिया, माकर अनलाइन,अनुकुल संसार, मेरो प्यारो संसार,भुवन,साँखू अनलाइन,स्याम दुलाल,प्रकाश शोशित,प्रज्वल,केशबराज अधिकारी, देबराज,राजा पुनियानि ,युवा आवाज ,म नेपाली,साँचो जीवनको यात्रा,शेर र सायरी,क्या मज्जा ,कवि चाम्लिङको संगितिक चौतारी,भेडाको उनजस्तो,मझेरी, रवि , जीवनका मोडहरु,कृष्ण गिरि,नेपाली गजल , जिजीविषा जस्ता ब्लगहरु पनि मलाई राम्रा लाग्छन ।
मेरो सम्झना शक्तिले भ्याएसम्म मैले यो ब्लगको दोस्रो बर्षको सम्झनास्वरुप सम्पूर्ण मित्रहरुलाई समेटने प्रयास गरेको छु । कारणवश कसैको नाम समाबेश हुन सकेको छैन भने माफ पाउ । बेलाबखत रचना पठाएर सहयोग गर्ने छबिलाल जी, लगातार छिर्ने दिनेस पराजुलि,मनोज,कोष प्रसाद र अन्य सबैको सहयोगको लागि मुरी-मुरी धन्यबाद, साथै फेसबुक मित्रहरु र अनलाइन मार्फत जोडिनुहुने सबैमा आभार ! साथै आउदा नयाँ दिनहरुमा पनि सबैको यसैगरी सुझाव,सल्लाह र प्रतिक्रियाहरु बटुल्न पाउनेछु भन्ने पूर्ण बिश्वास पनि राख्दछु ।
Happy Blogging..........................................................................






12 प्रतिक्रिया:
हार्दिक बधाई छ -सुर्य जी, दोस्रो बर्ष पार गरि तेश्रो बर्षमा प्रवेश गर्नु भएकोमा !
यो अबधिमा निकै राम्रा राम्रा रचनाहरु प्रस्तुत गर्न सक्नु भएको छ .... सुरुवाती दिनभन्दा पक्कै पनि लेखाइमा निकै सुधार भएकै छ !
आउदा दिनहरुमा पनि सफलता हासिल गर्दै जानुहोस ....ह्याप्पी ब्लगिंग ....
लेख्दै जाँदा, अनि सिक्दै जाँदा, समय बितेको पत्तो नै हुँदैन रहेछ !!!
हामी एउटै सर्कल मा नजिकिएको हिजो झैँ लाग्छ तर पनि धेरै समय नै बिताइसकिएछ !!! दोस्रो वर्ष पुरा गरि, तेस्रो वर्षमा प्रवेश गर्नु भएको मा धैरै धेरै शुभकामना !!!
साथै, मैले धेरै पछि चाहरेँ, वा भर्खर ब्लग टेम्प्लेट फेरिएको पत्तो लगाउन सकिन, तर यो निकै राम्रो देखिएको छ र आकर्षक ढंगले सजाउनुभएको छ !
हार्दिक बधाई तथा शुभकामना सिकारुजी !!
जय ब्लगिङ !!
आजकल व्यस्त भएर हो कि किन हो ब्लगमा अलिक कमै झु्ल्किनु हुन्छ जस्तो लाग्छ :)।
तेस्रो वर्षमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई र निरन्तरताको कामना ।
धेरै धेरै वधाई अनि शुभकामना सिकारूको गोरेटोलाई......तेस्रो वर्ष प्रवेशको उपलक्षमा.....
सिकारुजीलाई हार्दिक बधाई तथा शुभकामना, ब्लगिङको तेस्रो बर्ष प्रबेशको लागि । आगामी दिनमा अझै धेरै खजनाहरु चाख्न पाइयोस । जय ब्लगिङ ।
ब्लगको दुई वर्ष यात्रा पुरा गरी तेस्रो वर्षमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई र आगामी दिनका लागि शुभकामना !!!
बधाई छ सिकारुजीलाई ब्लगिङ्गको तेस्रो वर्षमा प्रविष्ट हुनुभएकोमा । निरन्तरताको कामना !
(हुनत म आफैं नै अनियमित भैरहेछु है!)
गोरेटोमा उत्साह थप्ने सबै महोदयहरुमा फेरि पनि धन्यबाद ।
आकार जी हुन त धेरै पहिले नै हो तर हजुरको व्यस्तताले छिर्ने अवसर नमिलेको हो । मन पराउनु भएकोमा आभारी छु ।
दिलीप दाजु त्यै त भन्या म निरन्तर हुन सकिन कारण धेरै व्यस्तता अनि त्सैमा मिसिएको थोरै अल्छीपनले गर्दा यस्तो भयो हजुरको कामना सिरोपर छ नियमित हुने प्रयास गर्नेछु ।
दीपक जी कहिलेकाहिँ नचाहेरै पनि यस्तो हुने रहेछ ।
समय ढिलो भएपनि यहाँलाई शुभकामना दिन ढिलो भएको छैन भन्ठान्छु म | यहाँको ब्लगको उत्तरोत्तर प्रगतिको शुभकामना| तीन बर्षसम्म आइपुग्नु पनि चानचुने कुरो होइन, बधाई छ यहाँलाई |
व्यस्ततासँगै तपाईँ ब्लग लेखनमा पातलिए जस्तै म पनि प्रतिक्रिया लेख्न पछि परेछु, कति पछि आएँ बल्ल ।
सिकारुको तेस्रो प्रवेशमा खुसी छु, अब लेखनमा सिकारुपना माझिँदै गएको छ पक्कै । अझै बढोस् यात्रा ।
बडा दसैँको शुभ कामना !
sikaru jee,
sarba pratham badai6 blog duniyako safalta purna dosro barsa pachiko tesro barsako thalani ka lagi. tapaika blog ka dherai samagri haru ghantau lagayera pade maile ramra lage.. aajkal sabaile blog chalauna thalekachan ma ma pani blog ko crez badeko6 kasari kholna sakin6 blog ra decurate garna sakin6???? yesbarema saral tarikale lekhidinu bhaye aavari hune thiye
Post a Comment