03 February 2009

संगै जिउन मर्न हुन्थ्यो.....

. 03 February 2009


मनमा माया राखे देखि एकपटक हेर्न हुन्थ्यो
मृगतृष्णा यो मनको नजरबाटै फेर्न हुन्थ्यो

मित्रताको सम्बोधनमा प्रतिउत्तर पाइन मैले
शिरमोडि फर्किदिए आखै भित्र बेर्न हुन्थ्यो

चिनजान गर्न आतुर छु म बेवास्तामा कति बस्नु
ममताको रस छर्की आफन्तमै जोडन हुन्थ्यो

मनै भरि माया राखि ओठभरि खुसि दिए
जन्ति लगि आगनभरि पन्चे बाजा घेर्न हुन्थ्यो

प्रमोद भै पछयाउदै छु तिम्रो मैत्रीभाव आज
पाए साथ तिमि बाट प्रेम पत्र कोर्न हुन्थ्यो

एकान्त यो गोरेटोमा मस्की मस्की हिडनेलाई
ममताको रस छर्कि आफन्त मै बेर्न हुन्थ्यो

हिडु कति पछ्याउदै एक हातले तालि पिटदै
दुई आत्माले खोज्ने भए संगै जिउन मर्न हुन्थ्यो


प्यारा ब्लगर मित्रहरु, गजल त जानि नजानि लेखिहाले तर भनेजस्तो शिर्षक जुराउन चाहि सकिन । त्यसैले उचित शिर्षकको लागि तपाइहरुको सहयोगको अपेक्षा राखेको छु ।

12 प्रतिक्रिया:

Keshab Ghimire said...

शिर्षक त ठिकै छ नि , प्रेममय गजल लेख्नु भएको रैछ, राम्रो गजलको लागि धन्यवाद !

DEEPENDRA said...

Thanks for penning & sharing such a romantic Gazal.

Dilip Acharya said...

तपाईको रोमाण्टिक गजलको भावमा प्रश्‍न उठाउने कुनै ठाँद देख्दिन तर गजलको बारेमा आफैलाई पनि राम्रो ज्ञान नहुँदा नहुँदै पनि १‍-२ कुरा भन्न मन लाग्यो :

१) तेस्रो शेरको काफिया 'जोडन' अरु काफीयससंग अलि मिलेन हेन र?
२) छैठौं काफिया पनि दोहरिएको छ (हुनत गजलमा काफिया दोहरिनै नहुने त हैन क्यार) तर यो सात शेरको गजललाई कि त नया काफीया खोजेर राख्दा कि त पाँच शेरको गजल बनाउँदा अलिकता संरचनागत रुपमा पनि राम्रो हुन्थ्यो की?

अनि तपाईको शिर्षक त पहिल्यै राम्रो राख्नु भएको छ त !

सिकारु said...

केशब जी लाई आगमनको लगि मुरि मुरि धन्यबाद । साथै दीपेन्द्र जी लाई पनि।

दिलिप दाजी सहि कुरा गर्नु भयो। हतारको कारण मैले एउटै शेर दुई ठाउमा राख्न पुगेछु । त्यसमा लेखिएको शेर अर्कै थियो । स्तरिय प्रतिकृयाको लागि धन्यबाद दाजी लाई । अनि त्यसमा मैले लेखेको शेर तलको थियो, साथिहरुले त्यस्मा यो शेर क्स्तो हुन्थ्यो होला बिचार गरिदिनु होला ।

एकान्त यो गोरेटोमा मस्की मस्की हिडनेलाई
ममताको रस छर्कि फुलै फुलले शेर्न हुन्थ्यो

B.J. Dummali said...

bado shaandar gajala lekhnu bho hau sikaru jee malai ta man paryo,
ra absya tapaile aafno hridayako gahiraai bata nai lekhnu bhaeko ho bhane sure tapaiko gajala ko maag pani puiraa hunechha, "sangasangai jiuna marna paae hunthyo."

बेदनाथ पुलामी ( उमेश ) said...

ओ हो ! गजलमा त निकै प्रगति गर्दै हुनुहुदो रहेछ नि ! ल बधाई छ । उपलब्धि गर्दै जानुस है ।

Gulmi Darshan said...

साह्रै राम्रो गजल लेख्नु भएछ सिकारु जी, म त तपाईंकै गजलका शेरहरुसँग पो हराएछु केही क्षण त.......। अझ प्रगती गर्दै जानुस्, मेरो शुभकामना ।

KATUWAL said...

लौ सिकारु नभइ त कहाँ हुन्छ त । सिकारु हरुको सिकारु यात्रा ले नै त खप्पिसहरु जन्माउँछ

Sumiran said...

क्या मिठो गजल लेख्नु भाको। मजा आयो तँपाइको सलल बगेको शेर(नेपालीमा के भन्छ कुन्नी) सुन्न पाउदा। अनी फोटो चाँही उनै मस्की मस्की हिंड्नेको होकी अरु कसैको?

सिकारु said...

कटुवाल जी र सुमिरान जी लाई मेरो गोरेटोमा पाइला टेक्नुभएकोमा धन्यबादका शब्दहरुसंगै स्वागत गर्न चाहन्छु ।
कटुवाल जी तपाइहरुको पुर्णतालाई सिकारुभै ग्रहण गर्ने जमर्को गरेको छु ।
सुमिरान जी फोटो त गुगुलमा मस्की मस्की हिडनेको हो है ।
टिप्पणिको लागी बेदनाथ जी,गुल्मिदर्शन् र b.j.जी लाई पनि धन्यबाद ।

Chhabilal said...

सिकारु भाइ गजल् को लागि धन्याबाद् राम्रो तथा मार्मिक् पनि छ् र अझ राम्रो हुनि छ भन्ने आशामा पनि छु कोशिस् गरे फल् मिठो खान् पाइन्छ्
तर् आर्को को छोरि चेलि लाइ मृग तृस्णा फेर्न पाय् हुन्थियो भन्ने सोच्नु त नराम्रो होइन् र हुन त आफ्नो बनाय् र जिबन् साथि बनाय् र जति सक्दो माया ममता त दिन् अबस्य् नै सकिन्छ
फेरि पनि राम्रो छ् भन्न् चाहन्छु
धन्याबाद्

छबिलाल् न्यौपाने (गुल्मि, अर्बेनि)
साउदि अरब्
रियाद्

मिलन said...

कटुवालजीको प्रतिकृया रमाइलो लाग्यो | गजल राम्रो मात्र होइन फेब्रुअरी १४ नजिक आऊंदै गरेकोले उपयोगी पनि छ |

Post a Comment